अरविन्द कुमार यादव
रौतहट ,८ मंसिर ।सुरक्षा अटल ,भबिस्य सबल नारालाई हिमालय लाइफ इन्स्योरेन्स लि. शाखा गौर रौतहटले जीवन बिमा गरेका एक मृतक परिवारलाई १६ लाख रुपैयाँ प्रदान गरेको छ।
रौतहटको परोहा नगरपालिका ९ रामपुर टोल निवासी दशैई लाल साहको गत भादौ महिना ५ गते खेतबारीमा पानी छर्नका लागी बिजुली लाइनको करेन्ट बाट गौर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियोे ।
दशैलाल हिमालय लाइफ इन्स्योरेन्स बाट ५ लाखको जीवन बिमा गराउनु भएको थियो । सात महिना नपुग्दै उनको ज्यान करेन्ट लागेर गएको थियो । जीवन बिमाले ५ लाखको १६ लाख उनका श्रीमति सीता देबीलाई एक समारोह बिच ब्रान्च प्रमुख राहुल कुमारले हस्तान्तरण गर्नु भएको छ।
हिमालय लाइफ इन्स्योरेन्सका मार्केटिङ मैनेजरका अनुसार मृतक परिवारलाई दुई महिना भित्रमा इन्स्योरेन्सको बोनस र तीन गुणा रकम प्राप्त गराउन सफल भएकोमा भ्रमात्मक कार्यमा नलाग्न सबै बिमितमा अनुरोध गर्नु भएको छ।