रौतहटको सदरमुकाम गौरमा स्वास्थ्य कार्यक्रमका लागि लैंगिक र सामाजिक समावेशी संवेदनशील बाजेको अभिमुखिकरण कार्यशाला सम्पन्न

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,७ मंसिर ।जेम्स परियोजना आसमान नेपाल गौर रौतहटको आयोजनामा स्वास्थ्य कार्यक्रमका लागि लैंगिक र सामाजिक समावेशी संवेदनशील बाजेको अभिमुखिकरण कार्यशाला सम्पन्न  भएको छ।
रौतहट र बारा जिल्लामा संचालित कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधिको सहभागितामा रौतहटको गौर नगरपालिका अवस्थित सियापैलेसमा तीन दिने कार्यशाला गोष्ठी सप्पन्न भएको हो।
आसमान नेपाल रौतहटका प्रोग्राम कोडिनेटर संजय कुमार यादव र बारा जिल्लाका प्रीति थापाको सक्रियतामा सहभागी प्रतिनिधिहरु लाई आसमान नेपालको केन्द्रिय कार्यालय काठमाडौका प्रोग्राम मैनेजर शम्भु जंग राणाले लैंगिक र सामाजिक समावेशी संवेदनशील बजेटको अभिमुखिकरण्को बिषयमा प्रकाश पार्नु भएको थियोे ।
सो कार्यक्रममा रौतहटको गौर नगरपालिकाका हेल्थ फैसिलिटर मन्जु रजक , गढिमाई न.पा.का सुरज साहनी , सामुदायिक सिकाई अध्ययन केन्द्र कि चान्द कुमारी र बारा जिल्ला कलैया उपमहानगरपालिकाका हेल्थ फैसिलिट्र्‍र अमरेश प्रसाद यादव जितपुर सिमरा उपमहानगरपालिकाका नित्या कुमारी चौधरी , नेशनल भोल्नटिएर अनिता पौडेल बारा र भिसओ रौतहटको आरती पटेलको सहभागितामा सामुदायिक सिकाई अध्ययन केन्द्र कि निशा ठाकुर सहितका सहभागीहरु सक्रिय भुमिका निर्वाह गरेको कार्यलय सहयोगी अजित कुमार यादवले बताउनु भएको छ।
आसमान नेपाल रौतहट फैनिसियल प्रमुख आशिष कुमार मिस्राले तिनदिने अभिमुखिकरण कार्यक्रमको सहज र सरल बनाउन अथक योगदान दिएको प्रोग्राम कोडिनेट्र्‍र संजय कुमार यादवले बताउनु भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय