आसमान नेपालको आयोजनामा एम एस एस प्रशिक्षण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

 

सत्येन्द्र प्रताप सिंह /सूर्योदय खबर
पुस २४ रौतहट
ब्रीटिस काउन्सिल, भि.एस.ओ., UKaid र आसमान नेपालको साझेदारीमा संचालित जेम्स ( GEMS) परियोजनाको आर्थिक सहयोग र सहकार्यमा आसमान नेपाल गौर शाखा द्वारा आयोजित ३ दिने MSS (Minimum Service Standards- न्यूनतम सेवा मापदण्डहरू) प्रशिक्षण कार्यक्रम होटल सिया प्यालेस, गौर, रौतहटमा सफलतापुर्बक सम्पन्न भएको छ ।

कार्यक्रमको शुरुवात गर्दै आसमान नेपालका जेम्स ( GEMS) परियोजना रौतहटका परियोजना संयोजक संजय कुमार यादवले सहभागीहरुको MSS सम्बन्धि प्राबिधिक सीप बिकास गर्न तथा स्वास्थ्य संस्थाहरुले दिने सेवाहरुलाई गुणस्तरीय बनाउन MSS प्रशिक्षणले ठुलो टेवा पुग्ने विश्वास व्यक्त्त गरे । कार्यक्रमबाट गढ़िमाई र गौर नगरपालिकाका वडा अध्यक्षहरु ,स्वास्थ्य संयोजकहरु, स्वास्थ्य सह संयोजकहरु, स्वास्थ्य संस्थाहरुको प्रमुखहरु सहित जम्मा २४ जना सहभागीहरुले प्रशिक्षण पाएका हुन् ।

सहभागीहरुलाई तालिम अवधिभर खाना र बसाइको सुविधा साथ -साथै आउने र जाने यातायात पनि उपलब्ध गराइएको थियो . कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका Family Planning Officer संजिव कुमार यादवले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा परियोजना संयोजक संजय कुमार यादवको साथै उनका सहयोगीहरु आसमान नेपालका गौर नगरपालिका स्वास्थ्य सहजकर्ता मंजु रजक, गढ़िमाई नगरपालिका स्वास्थ्य सहजकर्ता सुरज सहनी, फाइनान्स अफिसर आशिष् कुमार मिश्रा, अजित कुमार यादवको साथै भिसओ रौतहटको आरती पटेलको पनि उपस्थिती रहेको थियो । तिनदिने प्रशिक्षण कार्यक्रमलाई सहज, सरल र सफल बनाउन आसमान नेपाल जेम्स ( GEMS) परियोजना रौतहटका सम्पूर्ण टीमले अथक योगदान दिएको परियोजना संयोजक संजय कुमार यादवले बताए ।
सहभागीहरुले आसमान नेपाल गौर शाखा द्वारा आयोजित ३ दिने MSS (Minimum Service Standards- न्यूनतम सेवा मापदण्डहरू) प्रशिक्षण कार्यक्रमले आफुहरु धेरे नै लाभान्वित भएकोले संयोजक संजय कुमार यादवको साथै उनका सम्पूर्ण टीमलाई धन्यवाद ज्ञापन गरे तथा यस्ता प्रशिक्षण कार्यक्रमहरु आगामी दिनहरुमा पनि उपलब्ध गराई दिनुहुन अनुरोध गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय