अरविन्द कुमार यादव
रौतहट ,२५ पुस।रौतहटको परोहामा निशुल्क आँखा शिविर श्री विरदल गण पुरेनवा ब्यारेक,रौतहट र श्री तिलगंगा आँखा अस्पताल काठमाडौको आयोजनामा भएको छ।
उक्त शिविर परोहा नगरपालिका उपमेयर सुगांधी गिरीद्वारा उद्घाटन गरिएको थियो।पुस २४ गते बुधवारका दिन परोहा अस्पतालमा निशुल्क आँखा शिविर संचालन भएको थियो।
परोहा स्वास्थ्य शाखाको सहयोगमा निशुल्क आँखा शिविर भएकोमा नगर क्षेत्रका जनताहरु जसलाई आखाको समस्यालाई समाधान हेतु शिविर संचालनमा ल्याइएको उपमेयर सुगांधी गिरीले बताईन।
आँखा तथा स्वास्थ्यमा समस्या रोकदाम गर्ने उदेश्यले धुलो धुवा मुक्त अभियान परोहा नगरपालिकाले चलाएको उनले बताइन् ।परोहा नगरका हरेक जनताको हात हातमा ग्यास सिलिन्डर सेट वितरण कार्य अन्तिम चरणमा पुगिसकेको गिरीले प्रष्ट पारिन् ।
जनताको हरेक उपभोग तथा सरोकार राख्ने क्षेत्रलाई सबल बनाउने ,उत्थान गर्ने मुख्य परोहा नगरपालिकाको मेयर र उपमेयरको जिम्मेवारी रहेको ,हामी सबै जिम्मेवारी अहम ढंगले निभाइरहेको उनले दावी गरिन।
रौतहटको राजपुर नगरपालिकामा निशुल्क आँखा शिविर संचालन भइसकेको र हिजो परोहा नगरपालिका पनि संचालन भएको छ ।