मैत्री संवाद कार्यक्रमको उदेश्य नेपाल भारत सम्बन्ध थप बलियो बनाउने

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट,१९ माघ मीडिया फाॅर बोर्डर हार्मोनी रौतहट शाखाको आयोजनामा नेपाल भारत मैत्री संवाद कार्यक्रम सम्पन्न भएको छ। दुवै देशबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल र भारतका जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले वर्तमान अवस्थामा दुवै देशबीचका समस्या तथा समाधानका लागि आ-आफ्नो स्तरबाट सक्दो प्रयास गर्ने बताए। रौतहट क्षेत्र नम्बर १ का सांसद तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल भारतको सम्बन्ध धार्मिक, भौगोलिक र ऐतिहासिक रहेको भन्दै विशेष टिप्पणी गरे। उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

भारत रिगा लोकसभा सदस्य अमनलाल साहले भारत नेपालको सम्बन्ध अटुट रहेको र यो सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताए। उनले कोरोना महामारीको समयदेखि नेपाल भारत सीमा शील गरिएको बेला देखा परेको समस्यालाई समाधानका लागि आफूहरुले अटुट पहल गरेको र अझै पुन: सहज हुने विश्वास दिलाए।

मीडिया फाॅर बोर्डर हार्मोनी रौतहट शाखाका अध्यक्ष किशोरी यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा रौतहटको क्षेत्र नम्बर १ क का प्रदेश सांसद नागेन्द्र साह, गौर नगरपालिकाका मेयर शम्भु साह, बौद्धिमाई नगरपालिका मेयर, नेपाल पत्रकार महासंघ रौतहट शाखाको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता, रविन्द्र प्रसाद साहलगायत दर्जनौं नेता तथा पत्रकारहरुको उपस्थिति थियो।

त्यस्तै, भारतबाट सांसद, मिडिया फाॅर बोर्डर हार्मोनीका संस्थापक अध्यक्ष एवम् दैनिक जागरणका वरिष्ठ पत्रकार अमरेन्द्र तिवारी, नवेन्दु कुमार सिंह, वैरगनियाको पूर्व मेयर अन्सारी साहेब लगायतका नेता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, सीमा क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्ने र दुवै देशका नागरिकहरुको हितलाई ध्यानमा राख्ने विषयमा छलफल भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय