६५ औ बार्षिकोत्सव  भव्यताका साथ मनायो नेमधारी बासुदेव नमूना बिद्यालय

पछिल्लाे समाचार

 अरविन्द कुमार यादव

रौतहट, १९ माघ । रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मा सञ्चालित रहेको नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयले शनिवार बिभिन्न कार्यक्रम आयोजना गरी ६५ औ बार्सिकोत्सव भव्यताका साथ मनाएका छन । बासुदेव चौधरीले २०१७ साल माघ १९ गते प्राथमिक  विद्यालयको रुपमा स्थापना गरेका विद्यालयले नमूना विद्यालयको रुपमा पहिचान बनाएर ६५ औ स्थापना दिवस मनाएका हुन ।

 

पूर्व संविधान सभा सदस्य श्रीमती रम्भा देवी यादवको प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव समारोहमा विद्यालयका प्राध्यानध्यापक रविशंकर यादवले विद्यालयका स्थापनाको कारन र आवधिक कार्ययोजना तथा प्रगति विबरण प्रस्तुत गरेका छन । पंचायतिकालमा शिक्षाको ज्ञान फैलाउने, समाज विकास शिक्षित समाज निर्माणको उदेश्यले स्वर्गीय बासुदेव चौधरी सानो छाप्रो हालेर आफ्नो निजी जग्गामा विद्यालय स्थापना गरी पठन पाठन शुरू गरेको प्रगति विबरणमा उल्लेख गरिएको छ ।

 

प्राथमिक तहबाट शुरू भएको विद्यालय निम्न माध्यमिक हुदै माध्यमिक तह बाट नमूना विद्यालयको रुपमा परिचित भएको सर्वादितै छ । बिद्यालयमा २०७० साल देखि प्रबिधिक तह र अंग्रेजी माध्यमको अध्यापन हुदै छ ।

बार्षिकोत्सव समारोहमा पूर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजमंगल प्रसाद यादवले शिक्षाको विकासको लागि पूर्वजले गरेको कार्य इतिहासिक र गर्वानवित रहेको बताएका छन । जून बेला बिद्यालयको संख्या न्यून रहेको र अध्यन गर्न छिमेकी मुलुक भारतको पटना, सितामढी लगायतका विभिन्न ठाउँ बाहिर जानू पर्ने अवस्थाको विध्यमानता रहेको समयमा स्थापना गरिएको विद्यालय आज नमूना विद्यालय रुपमा स्थापित भएको देखिदा हर्षित भएको उनले बताए ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले शिक्षित समाजको निर्माणमा बिद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गरे । आफुले सञ्चालन गरेको विद्यालयमा समाजका छोरा छोरी शिक्षा हासिल गरी विभिन्न तह तपकामा सहभागिता जनाएको देखेर मन गदगद भएको सुनाए । शुरूमा विद्यार्थीको सहभागिता नगण्य भएपनि हाल विद्यालयमा अध्यन गर्ने बालबालिकाको संख्या उल्लेख्यनीय रहेकोले शिक्षामा गरिएको लगानी सार्थक भएको दावी गरे ।

 

उक्त कार्यक्रमा विधालयको सुरुवाती समय देखि शिक्षा दिइ आइरहनु भएका बरिष्ठ शिक्षक जितेन्द्र प्रसाद यादवले विधालय र विधार्थीहरुका लागि आफु र विधालयले गरेको सहयोग दु:ख सुख भोगदै अगाडि बढेको कुराहरु भावुक हुदै राखेका छन । बालबालिकालाइ शिक्षा दीक्षा दिनु पर्नेमाँ अभिभावकहरु सचेत भएको संकेत विद्यालयमा अध्यन गर्ने विद्यार्थी हरुको संख्याले प्रस्ट परेको बताए । शिक्षा विनाको जीवन अंधकार हुने हुने भएकोले बाल बालिकाको शिक्षामा लगानी गर्नु पर्ने धरना राखे ।

 

कार्यक्रममा पूर्व प्राध्यानध्यापक ,शिक्षक ,शिक्षिका, पूर्व बिद्यार्थी , समाजसेवी ,बुद्धिजीवीहरुलाई सम्मानित गरिएको विद्यालय प्रशासनले जनाएको छ । वार्षिकोत्सव समारोहमा विभिन्न समयको कार्यक्रममा सफल भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय