गौर नगरपालिका मेयर शम्भु शाहले गरे बोलबम कावरीयालाई सम्मान स्वरूप रुद्राक्ष प्रदान

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२२ माघ।रौतहटको सदरमुकाम गौर नगरपालिका -२ महादेवपट्टी स्थित रहेको बानेश्वर नाथ मन्दिर प्रांगणमा लागेको मेला भव्यसभ्यरुपमा शान्ती पूर्ण जलाभिषेक पश्चात् सम्पन्न भएको थियो।

श्री बोलबम कावरीया सेवा समिती टिकुलियाको आह्वानमा भएको ४८ घण्टे अखण्ड आष्टाजाम पुजा,जोडा लखराव पुजा सम्पन्न भएको छ।माघ ९ गते देखि माघ १८ गते सम्म भएको मधानी यज्ञहोम पुजा पश्चात् १९ माघ टिकुलिया लालबकैया नदी संगमबाट जलबोझेर बानेश्वर धाममा जलाभिषेख गरेको थियो।माघ १९ ,२० र २१ गते माघ सम्मको प्रत्येक दिन भोलेबाबालाई लयाएको जल चढाएर पुजा गरिएको थियो।

आज माघ २२ गते मंगलबार दिन गौर नगरपालिकाका मेयर शम्भु शाहले सम्पूर्ण बोलबम कावरीयालाई रुद्राक्ष माला आफ्नो हातबाट प्रदान गरिएको काठमाडौं बाट गौर आउदै गरेको नाइट बस राखिएको रुद्वाक्ष अनजान व्यक्तिको हातमा गएको रुद्वाक्ष मेयर साहको सम्पर्कमा आएको स्थानीय बोलबम कावरीया अरविन्द कुमार यादवले बताए।

गौर नगरपालिका मेयर शम्भु साहले वरिष्ठ जामदार राजाराम प्रसादलाई रुद्राक्ष प्रदान गरेर रुद्राक्ष हस्तान्तरण गरेका थिए।सेवा समितिका अध्यक्ष रामरेख राय यादव,बोलबम जामदार एवं गौर नगरपालिका वर्डा -४ का अध्यक्ष संजय गिरीलाई क्रमश दिदै आवद्ध सम्पुर्ण बमलाई हस्तान्तरण कार्यक्रम समापन भएको वडा अध्यक्ष बिनोद जयसवालले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय