पुजा मनाउने क्रममा हुने विकृति हटाउन स्थायी मन्दिर स्थापना गर्नुपर्छ:- नेता रेवन्त झा

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२३ माघ।नेकपा एसका नेता रेवन्त झाले सरस्वती मुर्ती पुजा मनाउने क्रममा हुने बिकृती घटाउन सरकारी र गैर सरकारी विद्यालयहरुमा स्थायीरुपमा सरस्वती मुर्ती स्थापना गरेर निकास निकाल्न आग्रह गरेका हुन ।सरस्वती मुर्ती बिसर्जन गर्ने क्रममा हुने दुर्घटनाको विकल्प खोज्न स्थानीय प्रशासन गम्भीरता देखाउन आवस्यकता देख्नु भएको छ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको नेता रेवन्त झाले मुर्ती बिसर्जनमा दुर्घटना हुनु अति दुखदाई महसुस गर्दै आफ्नो फेसबूक आइडीमा स्टेटस राखेको´सरस्वती मुर्ती भसाउने क्रममा अश्लील गितमा रोक र दुर्घटना बाट बच्न स्थानीय प्रशासनले सरकारी र गैर सरकारी विद्यालयहरुमा स्थायी सरस्वती मुर्ति स्थापना गराउने तथा पूर्व विद्यार्थीहरुद्वारा पूजा मनाउने अस्थायी अनुमती दिने प्रक्रिया गर्ने आवश्यकता प्रती गम्भीर हुनु पर्ने`हो।

रौतहट जिल्लामा सरस्वती मुर्ती पुजा मनाउने क्रममा सरकारी र गैर सरकारी विद्यालयमा विद्यार्थीहरुद्वारा अश्लील गित तथा गल्त क्रियाकलाप गर्न नदिन विद्यार्थी प्र अ तथा व्यवस्थापनलाई स्थायीरुपमा सरस्वती मुर्ती स्थापना गराइ पुजा मनाउन व्यवस्था लागू गर्न सरोकारवालालाई आग्रह नेता झाले गरेका छन् ।

साथै पूर्व बिद्यार्थीहरुले गाउँका टोलटोलमा सरस्वती पुजा मनाउन अस्थायी रुपमा सरस्वती पुजा मनाउने र अश्लील गित नबजाई धार्मिक गित बनाउने सहमति तथा अनुमतिपत्र दिने स्थानीय प्रहरी प्रशासनले व्यवस्था मिलाउन समाजिक संजाल मार्फत नेता रेवन्त झाले सुझाव दिएका हुन् ।

रौतहट जिल्लाका विभिन्न पालिकामा सयौंको संख्यामा सरस्वती पुजा मनाइ गर्दछ र मनाउने क्रममा अश्लील गित बाक्लो आवाजमा बजाई बाताबरण प्रदुषण लगायत निन्द्रा अवरोध गर्ने तथा  सेलाउने क्रममा रक्सी खाई नाच्ने र मुर्ती लालबकैया,बागमती नदीमा भसाउने जाने विद्यार्थी केही मात्र सम्पर्क बिहिन तथा डुब्ने खबर बर्सेनि आइ नै रहन्छ यसलाई रोकथाम गर्ने स्थानीय प्रशासन गम्भीर हुनु पर्ने झाले रायसुझाब राखेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय