गौरको न्यायीक समितिको सचिवालय लेटर प्याड चेंजिंङ्ग रुममा मात्र सिमित

पछिल्लाे समाचार

अरविन्द कुमार यादव
रौतहट ,२४ माघ।३ कार्यकाल प्रवेश हुदाहुदै पनि न्यायीक समितीको सचिवालय गौरको लेटर प्याड भएन प्रयोग?
रौतहटको सदरमुकाम स्थित रहेको सवभन्दा पुरानो गौर नगरपालिकाको उपमेयर शैल देवी साहको अध्यक्षतामा गठन भएको न्यायीक समितिको सचिवालय गौरको कार्यालय संचालन गर्नको लागि आवश्यक सबै थोक खरिद भएतापनी कार्यव्ययन आएको देखिएको छैन ।

कार्यालय संचालनको लागि फर्निचर ,कुर्सी ,सोफा र लेटर प्याड खरिद भएको हो कि?कार्यालय संचालन हेतु कार्यालय सहयोग नियुक्त भएको उपलब्धि खेर गइरहेको तर न्यायीक समितिको काम कर्तव्य के हो बोध हुन सकेको छैन ।

नेकपा एस गौरका नेता राजेन्द्र साहको श्रीमती शैल देवीले पदभार सम्हालेदेखी हालसम्म कुनै न्यायीक समितिको काम कार्यवाहीको वार्षिक रुपमा सार्वजनिक गरेको छैन ।
गौर नगरपालिकाको मेयर शम्भु साहको निर्वाचित मत परिणाम भन्दा तुलनात्मक रुपमा बढी मत ल्याएर उपमेयर पदको प्रतिद्वन्द्वी डाक्टर शाहजहां खातुनलाई पराजित गरि उपमेयर बनेका शैल देवीको काम जनहितकारी नभएको जानकारहरुको बुझाइ छ।

उपमेयर शैल मात्र तलबभत्ता तथा सेवासुविधा बाहेक आफ्नो कामकर्तव्यबाट टाढा देखिएको हो।

काम कार्यवाही गर्न उपमेयर शैलले चार चक्का सवारी प्रयोगमा आएको छैन तर मात्र कार्यालयमा हाजिर गरेर घर फर्कन सवारी साधनको दोहन भइरहेको छ।
निर्वाचित पश्चात् गौर नगरपालिकाको नौ वटा वडाहरु एक दिन जनतासंग भेटघाट तथा जनताको सेवा समुचित रुपमा नगरपालिकाबाट प्रवाह भइरहेको छ कि अनुगमन गर्न समेत सार्वजनिक भएको हो?यस्तै विकास निर्माणकार्यको अनुगमन उपमेयरले गर्नुपर्ने प्रावधान हुँदा पनि कुनै एक योजनाको अनुगमन गरेको सार्वजनिक भएकै छ र?यसबाट कतिको योजना सहि ढंगबाट भएको होला अनुमान गर्न सकिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय