गौर नगर क्षेत्रमा विकासको अनुभुती महसुस ,अझै थपिदै जाने

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२५ माघ।रौतहटको सबभन्दा पुरानो एवं जेठो पालिकाको रुपमा रहेको गौर नगरपालिकामा सर्वाङ्गणी विकासको प्रत्यक्ष रुपमा नगरवासी लाभान्वित भएको देखिन्छ ।नगरपालिकाको निर्वाचन २०७९मा निर्वाचित पश्चात् नेकपा एसका नेता एवं मेयर शम्भु साहले प्रतिबद्धता गरेअनुसारको विकासकार्यमा निरंतर लागेको अनुभुति महसुस नगरवासीले गरिरहेका देखिन्छ ।

गौर नगरपालिकाको मेयर शम्भु साहले आफ्नो कार्यकाल तीन वर्षमा प्रबेश गरिसकेपछी ६० प्रतिशत भन्दा माथिको कामहरु सम्पन्न तथा संचालनमा आएको बताए।

नगरपालिकामा मठमन्दिर,रोड नाला ,कृषिसडक,आरसीसी एवं पिसीसी सडक ढलान,विद्यालय भवन,जेष्ठ नागरिक सम्मान ,डिजिटल कक्षा संचालन ,अनलाईन कलास,छात्रछात्रालाई ब्याग वितरण ,क्रांतिद्वार प्रवेशमा गमला सहितको सौन्दर्यकरण ,शिवालय पोखरी सौन्दर्यकरण,बरहवा घाटको सौन्दर्यकरण,बरहवा झोलुंगे पुल निर्माण कार्य नगरप्रमुख साहको निर्देशनमा सुसम्पन्न भइसकेको छ।

साथै नगरपालिकामा ठूलो योजनाको रुपमा

१.) पंडित मंगल उपाध्याय बहुमुखी क्याम्पस गौर-२

२.)बानेश्वर नाथ झोलुंगे पुल गौर-२

३.)घणटघर गौर-५

४.)टाउन हल गौर-२

५.)कोल्ड स्टोर गौर-२

६.)विवाह भवन गौर -४

७.)विवाह भवन गौर-२

८.)विवाह भवन गौर-८

९.)नगर प्रवेश द्वार गौर-७

१०.)पशुसेवा केन्द्र अस्पताल गौर-१

११.बानेश्वर नाथ मन्दिर महादेवपट्टी पुरातात्त्विक स्थल प्रमाणित गौर-२

अरु ठूलो योजनाहरु ल्याउने प्रयास जारी रहेको निकटबाट प्राप्त भएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय