अरविन्द कुमार यादव
रौतहट ,२६ माघ।गौर नगरीलाई आकर्षक बनाउने उदेश्य साथ निर्माणकार्यलाई नगरप्रमुख शम्भु साहद्वारा अनुगमन तथा निरीक्षण ,काममा कुनै लापरवाही पाइएमा पालिकाद्वारा नियमानुसार कार्यवाही गरिने छ।
नगर क्षेत्र भित्र प्रवेश गर्नु भन्दा पुर्व फोर लाईन सडक भएको प्रवेश द्वार पूर्व तयारीका साथ निर्माणकार्यलाई आधुनिक तरिकाले बढाइएको छ।
गौर नगरपालिका -५छठघाट पोखरीमा निर्माणकार्य जारी भएको सूर्यमन्दिरलाई छठ ब्रतालु तथा श्रद्धालुहरुले सूर्यलाई अर्घ एवं प्रणाम गरिने छ।
गौर नगरपालिका -४टिकुलिया उत्तरवारी टोला दिपा सहनीको देखि बाध सम्म सडक तथा नाला निर्माणकार्य जारी र गौर नपा -५ मा गरेटो बाटोमा बैज्ञानिक हिसाबले नाला निर्माणकार्य जारीको मेयर शम्भु साहले कामबाट लाभान्वित सामुदायिकका प्रतिनिधिको रोहवरमा अनुगमन तथा निरीक्षण समेत गरेको स्थानीय दिपा सहनीले बताए ।
नगर क्षेत्रको सुख शान्ती,समृद्धि हेतु गौर नगरपालिका -१ मा शनिदेवको मन्दिर निर्माण भइ पुजा भइरहेकै छ र गौर नपा-५ श्री रामजानकी मन्दिर नजिक शनिदेवको मन्दिर गरेर थप नगर समृद्धि तर्फ जाने अठोट राखेको मेयर शाहले जानकारी दिए।