अरविन्द कुमार यादव
राैतहट,२९ माघ।।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेपाली काग्रेस र नेकपा एमाले सतासाझेदार मात्र हाेईन एक अर्काेकाे प्रतिस्पर्धि समेत रहेकाे कुरा बताएका छन।
। नेकपा एमाले जिल्ला कमिटी राैतहटको आयोजनामा “तीन महिने वडा वा जरा केन्द्रीत अभियान” सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै उपमहासचिव ज्ञवालीले काग्रेस – एमालेको सहकार्यले आयाराम गयाराको निन्द हराम भएको बताए । काग्रेससंगको हाम्रो सहकार्यले प्रचन्डको जादुई नम्बर ३२जना सांसद भएको पाट्रीको प्रधानमन्त्री हुने सिष्टम फेल भएको नेता ज्ञावलीले बताए । सता सहकार्यसगै देशमा स्थिर सरकार
आएको छ ।
आया राम गया रामको काम छैन ।पुजिगत खर्च बढेको छ । आयात निर्यातमा सुधार भएका छन ।
सरकार आएपछी सत्य निरुपण तथा मेलमिलाप आयोग सर्वसहमतिले पारीत भएका छन । सास छ न लास छ पिडित परिवार वेहालको अवस्था थियाे । अब उनि न्याय पाउने भएका छन ।
भारत र चिन दुबैका पक्षधर न बिरोधि हो हामी नेपाल पक्षधर हाै ।
नेपालको विकास दुबै संग मिलेर हुन्छ ।
स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी,स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश कमिटी इन्चार्ज ।लीलानाथ श्रेष्ठ,केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अजय कुमार गुप्ता , मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल सहितका वक्ताले संगठनलाई सदृढ गरेर आगाडी बढाउनु पर्ने कुरामा जाेड दिएका थिए । सो अवसरमा केन्द्रीय रेखा झा, उधव रेग्मी र कुन्दन कुशवाहा,मधेस प्रदेस का सचिव आरती भण्डारी सहितका नेतावहरुको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले) जिल्ला कमिटी,सर्लाही अध्यक्ष सचितानन्द साहकाे अध्यक्षतामा तुलसीलाल स्मृति सभा भवन गरुडामा भएको कार्यक्रममा जिल्लाका सवै वडा, नगर क्षेत्र र जिल्ला स्तरीय करिब ५ सय कार्यकर्ताको सहभागिता रहेको थियो।