अरविन्द कुमार यादव
रौतहट ,३० माघ।ब्रीटिस काउन्सिल, भि.एस.ओ. र युके एडको साझेदारीमा संञ्चालित जेम्स परियोजनाको आर्थिक सहयोगमा तथा आसमान नेपाल गौर शाखाको आयोजनामा गौर तथा गढ़ीमाई नगरपालिकाका टोलहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा आमा समूह सदस्यहरुका लागि हाईगेन किट प्याकेज वितरण कार्यक्रम सफलतापूर्वक संम्पन्न भएको छ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा आमा समूह सदस्यहरुका लागि हाईगेन किट प्याकेज वितरण
सहयोग गर्नुपर्ने थियो जस अन्तर्गत १०० जनालाई सहयोग वितरण गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै जेम्स परियोजनाका रौतहट परियोजना संयोजक संजय कुमार यादवले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूह सदस्यहरुले पुर्याएको योगदानको प्रशंसा गरे । महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा आमा समूह सदस्यहरुको कडा परिश्रमका कारण हाल स्वास्थ्यका सूचकहरुमा धेरै नै सुधार भएको बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको कदर गर्दै अझै प्रोत्साहन बढाउन संबन्धित सरोकारबालाहरुलाई आग्रह गरे ।
हाईगेन किट प्याकेजमा कौटेन टवेल १, बिथिगं सौप २, क्लथ वासिगं सौप २, टुथब्रस २, टुथपेष्ट २ , सेनेट्री पैड १, रुसेबलू सेनिटरी पैड २, अण्डरवियर ४ नेलपौलिस कटर तथा लिक्वीड क्लोरिन १ समानहरु प्याकेजमा रहेको थियो । संयोजक यादवले आमाहरूको लागि शीतकालीन प्याकेज वितरण कार्यक्रम अन्तर्गत गौर तथा गढ़ीमाई नगरपालिकाका गरिब, दलित तथा विपन्न परिवारहरुको सुत्केरी,दलित तथा अपाङ्ग महिलाहरु गरि जम्मा १०० जनालाई न्यानो झोला, कम्बल र फोम वितरण गरिएको जानकारी गराए ।
कार्यक्रममा गौर तथा गढ़ीमाई नगरपालिकाका वडा अध्यक्षहरु , सदस्यहरु , स्वास्थ्य संस्था प्रमुखहरु तथा अन्य समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो। समाजसेवीहरूले आसमान नेपाल र जेम्स परियोजनाको यो पहलप्रति प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू संञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए।
यस कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। आसमान नेपाल गौर शाखाका स्वास्थ्य सहजकर्ता मंजु रजक, सुरज सहनी, फाइनान्स अफिसर आशिष कुमार मिश्र, अजित कुमार यादव तथा भिएसओ रौतहटका आरती पटेलको विशेष योगदान रहेको थियो । कार्यक्रमको समापनका क्रममा परियोजना संयोजक संजय कुमार यादवले आसमान नेपाल तथा जेम्स परियोजनाको टोलीले कार्यक्रम सफल बनाउन गरेको मेहनत र समर्पणप्रति आभार व्यक्त गरे। उनले भने हामी आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजनामा छौँ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा आमा समूह सदस्यहरुका लागि हामी सधैं प्रतिबद्ध छौँ बताए ।