अरविन्द कुमार यादव
रौतहट,१ फागुन ।रौतहटको सदरमुकाम गौरमा महान जनयुद्धको ३०औं वार्षिकोत्सव तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति, रौतहटको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमाननीय तथा पार्टीका जिल्ला इन्चार्ज अशोक जयसवाल रहेका थिए। उनले पार्टीको योजना, सिद्धान्त, तथा जनयुद्धको ऐतिहासिक महत्वबारे सम्बोधन गरेका थिए।
उक्त कार्यक्रममा परोहा नगरपालिकाको २०८४ को निर्वाचनका उम्मेदवार डा. अमिन्द्र यादवको नेतृत्वमा हजारौं जनता परोहाबाट सहभागी भएका थिए। सहभागीहरूले पार्टीको नयाँ कार्यदिशा र संगठन विस्तारमा प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमले पार्टीको संगठनात्मक सुदृढीकरण र जनसमर्थन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
जनयुद्ध बेलामा भएको राइस मिल प्रांगणमा जनसभा पछी आज नेकपा माओवादी केद्रको जिल्ला इन्चार्ज एवं संविधान सभा सांस्द अशोक जयसवालको नेतृत्वमा जिल्ला भरका नेताकार्यकर्ता चपुर देखि गौर सम्मको दिवस तथा कार्यालय उद्घाटनमा सहभागी हुन हर्सोउल्लास सहित बाजागाजामा रमाउदै नगर परिक्रमा गरेका थिए ।गौरको हरेको क्षेत्रमा माओवादी नेताकार्यकर्ता सहित सवारी साधनाको बाक्लो घुइँचो देखिएको र ५ हजार जतिको नेताकार्यकर्ता हरुको उपस्थिति रहेको आकलन गरिएको चर्चा छ।