अरविन्द कुमार यादव
रौतहट ,३ फाल्गुन ।रौतहटको सदरमुकाम गौरको नगरपालिका हलमा आज शनिवारका दिन सि.अ.अ.हे.व/सि.अ.नमी पाचौं स्वास्थ्यकर्मी जिल्ला स्तरीय संघर्ष भेला सम्पन्न भएको छ।
संघर्ष भेलाबाट कासी साहको अध्यक्षतामा रौतहटको बागडोर दिइएको हो।
सि.अ.अ.हे.व/सि.अ.नमी पाचौं स्वास्थ्यकर्मी जिल्ला स्तरीय संघर्ष समिति रौतहटको संयोजकमा काशी साह,सहसंयोजकमा राजेश यादव र कोषाध्यक्षमा संजिव कुमार साह लगायतका पदाधिकारीहरु सहितको समिति चयन भएको छ।
२०५३ ऐन अनुसारको सेवासुविधाबाट बंचित गरेपछी हामी बाध्य भएर संघर्षको बाटो अपनाएको मधेश प्रदेश समिति सल्लाहकार ललन साहले बताए।
लोक सेवा तथा स्थानीय बाट नियुक्त भएका सि.अ.अ.हे.व/सि.अ.नमी स्वास्थ्यकर्मीहरुलाई स्तरबृद्धी नगरेको हुदा स्तर वृद्धि गराउन पटकपटक मधेश सरकारको ध्यानाकर्षण गराउदापनी कुनै वास्ता गरेको छैन सल्लाहकार साहले बताए।फाल्गुन १५ गते भित्र हाउसमा यो प्रस्ताव पेश गर्ने कानुन मन्त्री राजकुमार लेखीले प्रतिबद्धता जनाए अनुसार हामी प्रतिक्षामा छौं ।सरकार हाम्रो माग प्रती सकारात्मक भए ठिकै छ नत्र हामी चरण बद्ध आन्दोलनमा जाने सल्लाहकार ललन साहले चेतावनीसमेत दिए।
रौतहटको आधिभन्दा पालिकामा संघर्ष समिति गठन भइसकेको र बाकी पालिकामा केही दिनमै गठन हुने बताए।