सर्लाही, ४ फागुन । सर्लाहीको बलरा नगरपालिकाको बलरा निवासी एवं महिला आयोगको सदस्य विद्या सिन्हाको छोराको ब्रतबन्धमा पनि उनका श्रीमान दिपेन्द्र सिंह सहितका व्यक्तिहरु भिडभाडमा हातहतियार (बन्दुक) प्रदर्शन गरेका भिडियो समाजिक संजालमा अहिले सम्म छदैछ ।
नेपाल सरकारको एक जिम्मेवार संबैधानिक निकाय महिला आयोगको सदस्य रहेका सिन्हाको श्रीमान दिपेन्द्र सिंहले छोराको ब्रतबन्धमा हतियारको प्रदर्शन गर्नु, पड्काउनु जस्ता क्रियाकलाप भएपनि सर्लाही प्रहरी प्रशासनले उनलाई केही गर्न सकेका छैनन् । यहाँ सम्म उक्त ब्रतबन्धको भोज खान सर्लाही प्रहरीका प्रमुख रबीन्द्र बहादुर सिंह उपस्थित भएको थियो ।
अहिले पनि दिपेन्द्र सिंहको फेसबुकमा उक्त भिडियोहरु सुरक्षित रहेको देख्दा नेपालमा समाजिक संजाललाई निगरानी गर्ने निकायको आँखा किन परेन होला गम्भीर प्रश्न उब्जीएका छन् ।