राजपुरमा नेपाली कांग्रेसको कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

 

अरविन्द कुमार यादव

रौतहट, ५ फागुन।नेपाली कांग्रेस पार्टीको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम रौतहट जिल्लाको राजपुर नगरपालिका मा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति शेख फैजुल्लाह रहेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी (डिना) उपाध्याय उपस्थित थिइन्। साथै, कार्यक्रममा क्षेत्र नं. २ का सांसद प्रत्याशी डा. फिरदोस आलम, राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलम, नेपाली कांग्रेस पार्टीका जिल्ला सचिव राम चन्द्र गिरि, तथा तरुण दलका जिल्ला अध्यक्ष नौसाद आलम लगायतका नेताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको थियो। सो क्रममा, सांसद प्रत्याशी डा. फिरदोस आलम ले पूर्व मन्त्री अफताब आलम लाई राजनीतिक रूपमा फसाइएको आरोप लगाउँदै जिल्ला अदालतले न्याय नगरेको तर उच्च अदालतबाट उनलाई न्याय मिलने विश्वास व्यक्त गरे।

त्यस्तै, सह-महामन्त्री महालक्ष्मी (डिना) उपाध्याय ले अफताब आलमको अनुपस्थितिले रौतहट सुनसान बनेको टिप्पणी गरिन्। उनले नेपाली कांग्रेस पार्टीलाई अझ मजबुत बनाउन सबै कार्यकर्ताले एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा पार्टी सुदृढीकरण, संगठन विस्तार तथा आगामी रणनीतिहरूमा छलफल भएको बताइएको छ। नेताहरूले लोकतान्त्रिक मूल्य–मान्यता तथा जनताको सेवामा प्रतिबद्ध रहनुपर्ने आवश्यकता औंल्याए।

spot_imgspot_img
spot_img

लोकप्रिय