खेलको विकास मेरो विषेश जोड -मेयर शम्भु साह

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,९ फाल्गुन ।रौतहटको सदरमुकाम गौरको राइस मिलको प्रांगणमा आज देखि पैबसन कप चम्पियन २०८१ खेल सुरुवात छ।राइस मिलको मैदानमा सुरु भएको पैबसन कप च्याम्पियन २०८१ को प्रमुख अतिथी गौर नगरपालिकाको मेयर शम्भु साह र पैबसन गौर नगर समिति अध्यक्ष जमिल अख्तरको अध्यक्षतामा छ ।

प्याब्सन संघ गौर नगर समितिको आयोजनामा हुन गइरहेको प्याब्सन कप च्याम्पियन २०८१ को समुद्घान एक कार्यक्रम विच प्रमुख अतिथि मेयर शम्भु साह बैटींग र नगर अध्यक्ष जमिल अख्तरले बोलिंग गरेर खेलको उद्घाटन भएको छ।

खेलले विद्यार्थीको सर्वांगणी विकास गर्ने गर्छ र समग्र रुपमा खेलको विकास हुनुपर्ने हाम्रो मान्यता हो मेयर साहले भने।

 

हाम्रो नगरपालिकाले रौतहटको १८ वटा पालिकालाई मिलाएर पालिका कप २०८१ खेलाएको थियो।मेरो खेलप्रती हरसम्भव ध्यान र विकास गर्ने गरेको जिकिर गरे साथै खेलको विकासमा मेरो विशेष ध्यान र विकास गर्ने गरेको भने मेयर साह।विकासको नाउमा सहयोग गर्नुको सट्टा  खुट्टा तान्ने काम भइरहेको बताए ,यस्ता नहुनु पर्ने मेरो आग्रह छ।

आउने दिनमा शिक्षामा थप विकास गर्छु र भइरहेकै छ,खेलको सफलताको कामना गर्छु मेयर शम्भु साहले भने।गौर नगरका करिब एक दर्जन निजि विद्यालयहरुको सहभागिता रहेको छ ।

प्याब्सन कप च्याम्पियन २०८१ खेलमा आज कृष्ण महर्शी र मोडर्न नेपाल विद्यालय विच खेल भइरहेकै छ र १४ गते फाइनल खेल हुने जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय