अरविन्द कुमार यादव
गरुडा,८फाल्गुन।रौतहटको गरुडा नगरपालिकाले घर जलेर क्षती भएका र अन्यलाई आर्थिक सहयोग गरेको छ।नगरपालिकाका मेयर कन्थमणी जयसवालको चुनावी प्रतिबद्धता अनुसार विकास कार्य योजनाहरु निरन्तर चलिरहेको जनतालाई अवगतै छ बाकी कामकाजहरु सेवा प्रदायक नै तवरले चलिरहेको एक स्थानीयले बताए।
यसै क्रममा नगरपालिका नागरिकका सुख-दुःखमा सधैं साथ दिन प्रतिबद्ध रहेको मेयर जसवालले आज विशेष कार्यक्रमका बीच देवलाल साह कानु, नन्दलाल साह कलवार, नेवाजी मिया दर्जी र मुनिलाल महरा चमारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।नेवाजी मिया दर्जीको घर जलेर क्षति भएकाले र अन्यलाई आर्थिक अभावका कारण सहयोग गरिएको हो।
गरुडा नगरपालिका सहयोग मात्र होइन, आत्मनिर्भर समाज निर्माणको दिशामा अघि बढ्दैछ। हाम्रा नागरिकहरूलाई सुरक्षित, सक्षम र सबल बनाउनु नै हाम्रो लक्ष्य रहेको मेयर कन्थमणि जयसवालले प्रष्ट समाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् ।