अरविन्द कुमार यादव
गरुडा,८ फाल्गुन ।ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र गरुडाद्वारा प्रांगण देखि शिवनगर मन्दिर सम्म कलश यात्रा गरिने तयारी तथा व्यवस्थापन तिब्र पारिएको जानकारी प्राप्त भएको हो।
रौतहटको मध्यभागमा रहेको गरुडामा यही फाल्गुन १७ गतेका दिन आध्यात्मिक प्रवचन हुने भएको छ।गरुडा नगरपालिका वडा नम्बर ४अवस्थित रहेको गरुडा उद्योग वाणिज्य संघ भवनलाई ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रको जिम्मा लगाइएको हो।
महाशिव रात्री पर्वको महान अवसरमा ८९ त्रीमुर्ती शिव जयन्ती महोत्सव हुने र त्यही अन्तर्गत आयोजित वर्तमान समयमा महाशिवरात्री पर्वको अद्वितीय महत्त्व विषयक आध्यात्मिक प्रवचन समारोहको आयोजना गरिएको ब्रह्माकुमारी हरदीप दीदीले जानकारी दिएका छन् ।
फाल्गुन १७ गतेका दिन शनिबार विहान ८ बजे सम्म प्रवचन गरिने त्यस पश्चात् ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र गरुडा प्रांगणबाट मेथुर चौक हुँदै शिव नगर मन्दिर परिसर सम्म कलश यात्रा हुने भएकोले सबै नगरवासीहरु लगायत जिल्ला वासीहरुमा
सुखद एवं गरिमामय उपस्थितिको ललागी हार्दिक आमन्त्रणा गरिएको सहर्ष जानकारी यसै साथ गरिएको दीदीले बताईन।
गरुडा मेथुर चौक देखि दक्षिण पट्टि अवस्थित ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र रहेको आवश्यक जानकारीको लागि 9865191919,984972922सम्पर्क राख्न सक्नुहुनेछ ।