अरविन्द कुमार यादव
गौर,७ फाल्गुन ।रौतहटको सदरमुकाम गौरमा भएको महिला दौड प्रतियोगिता कार्यक्रममा सि.अ.हे.व/सि.अ.नमी पाचौं तहका स्वास्थ्यकर्मी संघर्ष समिती रौतहटद्वारा मधेश प्रदेश सभामुख रामचन्द्र मण्डललाई जायज माग सम्बोधन गराउन ज्ञापनपत्र बुझाइएको छ।
मधेश प्रदेश सरकारद्वारा २०८१ भदौ ७गतेमा राजपत्रमा प्रकाशित स्थानीय सेवा गठन ऐन तथा संचालन ऐन कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहहरुमा समायोजन भएको स्वास्थ्य कर्मचारीलाई स्तर वृद्धिमा बाधा पुग्ने भएको हुदा तपसिल अनुसारको बुदा संशोधन गराउन ज्ञापनपत्रमा उल्लेख छ।
रौतहट जिल्लामा प्रजातन्त्र दिवसको अवसरमा १२ औ महिला साइकल दौड प्रतियोगिता कार्यक्रममा पाल्नुहुनुभएका मधेश प्रदेश का सभामुख श्री माननीय रामचन्द्र मण्डल ज्यूलाई रौतहट जिल्ला सि.अ.हे.व. / सि.अ.न.मी. संघर्ष समिति का संयाेजक काशी साह , सह संयोजक अनिता यादव , कोषाध्यक्ष संजीव कुमार साह, सदस्यहरु पवन कुमार पटेल, राजेश कुमार साह लगायत साथीहरु को उपस्थितिमा हाम्रो जायज मागलाई सम्बोधन गराउन का लागि ज्ञापन पत्र बुझाइयो।