राजदेवी मिडिया सेन्टरद्वारा भएको साइकल दौडको विजेता राजदेवी विद्यार्थी बने

पछिल्लाे समाचार

 

अरविन्द कुमार यादव

गौर,७ फाल्गुन ।रौतहटको सदरमुकाम गौरको मधेशी क्रान्ती चौक स्थित राजदेवी मिडिया सेन्टर गौरको आयोजनामा महिला साइकल दौड प्रतियोगिता सभ्यभव्यरुपमा सम्पन्न भएको हो।१२ औं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता कार्यक्रमको प्रमुख मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डल रहेको थिए भने अध्यक्षता मिडिया सेन्टरका अध्यक्ष पत्रकार रामपुकार राउत रहेको थियो।

प्रतियोगितामा राजदेवी नगरपालिका वडा नम्बर -६ का विद्यार्थी प्रथम,वडा नम्बर ६ का दोस्रो र वडा -५ का तेस्रो स्थान ल्याएर बिजेता भएका थिए।प्रथम हुनेलाई-५०हजार ,दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार गरेर नगद स्वरूप चेक दिएर पुरस्कृत गरिएको हो।

कार्यक्रममा आमन्त्रण गरिएको विषेश अतिथि को रुपमा नेकपा एमाले रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता,प्रदेश सभा सदस्य मा.नागेन्द्र साह ,नेपाल पत्रकार महासंघ रौतहटको पुर्व अध्यक्ष रबिन्द्र साह,प्रेमचन्द्र झा लगायत पत्रकार ,रेडक्रस कर्मीहरुको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रम संचालन श्रमजीवी पत्रकार संघ नेपाल रौतहट शाखा अध्यक्ष संतोष पौडेलले गरेका थिए,प्रतियोगितामा १५ जना सहभागी मध्ये राजदेवी नगरपालिकाकै रानी कुमारी यादव (प्रथम), सन्जनी कुमारी यादव (दोस्रो) र रबिना कुमारी साह (तेस्रो) ले उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय