समाजवादी मुस्लिम अध्यक्षमा परवेज आलम,मुस्लिकको हितैसी पार्टी जसपा नेपाल

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,७ फाल्गुन ।रौतहटको सदरमुकाम गौरको कर्मचारी मिलन केन्द्रको सभाहलमा समाजवादी मुस्लिम संघ नेपाल जिल्ला स्तरीय भेला भव्यसभ्य रुपमा सम्पन्न भएको हो।जनता समाजवादी पार्टी नेपाल केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरीको प्रमुख अतिथ्यमा भएको समाजवादी मुस्लिम भेलाबाट मो.परवेज आलमको अध्यक्षतामा ३५ सदस्यीय समिती गठन भयो।

 

विशिष्ट अतिथिको आसनबाट जसपा नेपाल मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर यादव भने सबै मुस्लिम समुदाय संगठित भए आफै शक्तिमा परिणत हुन्छ ।१५ बर्ष भएको जनता समाजवादी पार्टी नेपालको उम्रमा सरकार प्रमुखको नेतृत्व मुस्लिम समुदायलाई दिएको हो।साथै पार्टीका संगठन प्रमुखको रुपमा महासचिव लालबाबु राउतलाई जिम्मेवारी पनि दिइयो।

 

जनता समाजवादी पार्टी नेपाल जति पटक सरकार बसे इस्तियाक राईलाई क्याबनेट मन्त्री बनाइएको छ।पार्टीले प्रतिनिधि सभा देखि प्रदेश सभा सदस्य समेतमा २० जना भन्दा बढी समानुपातिक सांसद बनाएर मुस्लिम समुदायको प्रतिनिधि बनाएको प्रमाणित छ।केहीले पार्टी छाडेर गएका पनि हुन आफ्नो स्वार्थको लागि तर आवद्ध अनुसारको मुस्लिम समुदायले अधिकार दिलाएको केन्द्रिय सदस्य पूर्व राज्यमन्त्री योगेन्द्र यादवले बताए।

प्रदेश सभा निर्वाचन २०७४ मा जनता समाजवादी पार्टी नेपाललाई २० जना प्रत्यक्ष र ९ जना समानुपातिक सांसद गरि २९ जना सांसद म पनि एक निर्णायक सांसदको रुपमा दिए पुर्व राज्यमन्त्री मा.अब्बुल कलम उर्फ फूलबाबुले बताए। सरकार बनाउन ५४ सांसदको आवश्यकता दियो जसमा अध्यक्ष उपेन्द्र यादवले भन्नू भो कि हामी संग ५३ सांसद छ तपाईं साथ दिनुस् मुस्लिम समुदायको नेतृत्व हुने मुख्यमन्त्री दिने छु।म जात र मुस्लिमको लागि साथ र समर्थन दिदै कुनै पदमा पनि गएन।मुख्यमन्त्री लालबाबु गद्दीको नेतृत्वमा २० जना यादव सांसद समर्थन दिएर सरकार गठन भएको थियो।

समाजवादी मुस्लिम संघ नेपाल मधेश प्रदेश बिभाग प्रमुख युसुफ अलि भने मुस्लिम को पहिचान हुने गरि सत्ता र पार्टी नेतृत्व दिएको पार्टी मात्र जसपा नेपाल जसको नेतृत्व मा.उपेन्द्र यादव गर्दै।मधेशको विकास बिना देशको समग्र विकासको कल्पना गर्न सक्दैन ।मुस्लिम मदरसा बोर्ड बिधेयक पास गराउन मुख्यमन्त्री लालबाबु राउत अथक प्रयास गरे तर विपक्षी दलका नेताहरुद्वारा अभिव्यक्ति आयो आतंककारी क्रीयाकलाप तथा पढाइ हुने भन्दै बिरोधमा उत्रेका थिए।लालबाबु राउत बोल्ने क्रममा भने हामी मुस्लिम देशको नागरिक छैनौं ,के मत र कर तिर्न मात्र प्रयोग हुने छौँ ।प्रदेश भरका मुख्य शहरमा मुख्यमन्त्री गद्दीको पुतला माथी पिसाब पेर्ने ,पुतला दहन समेत को कार्य देख्दा कुनै मुस्लिमको आखामा आँसु आएन के मात्र लालबाबुको अधिकार बोर्ड बिधेयकबाट मिल थियो र।

spot_imgspot_img
spot_img

लोकप्रिय