यही आर्थिक वर्षमा आफनै प्रशासकिय भवनमा सर्ने :- नगर प्रमुख जयसवाल

पछिल्लाे समाचार

राैतहट,१४ फाल्गुन । स्थापना काल देखि नै भाडाको घरमा रहेका राैतहटको गरुडा नगरपालिकाले यसै आर्थिक वर्षमा आफनै प्रशासकीय भवन पाउने भएको छ।
नगरप्रमुख कन्थमणी जयसवालले दिएको जानकारी अनुसार अषाढ१० गतेकाे नगर परिषढ आफनै प्रशासकीय भवनको सभा कक्षमा गर्ने तयारीका साथ भवन निर्माणकार्य भई रहेको बताए । ठुल्ला ठुल्ला दुईवटा भवन जोडिएर ३३कोठाको भुकम्प प्रतिरोधात्मक प्रविधिमा भवन निर्माण भई रहेको नगर प्रमुख जयसवालले बताए । करिब ०९ कठ्ठा जग्गामा निर्माण भई रहेको उक्त भवन राैतहटको सबै स्थानिय तहको प्रशासकिय भवन भन्दा क्षेत्र फलको हिसाबले ठुल्लो रहेको नगर प्रमुख जयसवालले बताए ।नगर पालिका संग आफ्नो प्रशासकीय भवन नहुदा निकै कठिनाइ भोग्नु परेको र आगन्तुक तथा नगरपालिकाको सवारीसाधन सार्वजनिक सडकमा पार्किङ गर्नु परेको उनले बताए ।
तिन तल्ले सो प्रशासकिय भवनको डिजाईन रहेपनि हाल ग्राउन्ड फलोर निर्माणको ३ करोड ४३लाखमा ठेक्का भई तिब्र रुपमा निर्माण काम आगाडी बढेको प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले बताए ।श्रेष्ठ – बटुक भैरव जेभिको ठेक्कामा भई रहेको निर्माण काम गुणस्तरीय तथा निर्माण सामग्रीमा पनि कुनै कमिकमजोरी नरहेको अधिकृत आलमले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय