महाशिवरात्री मेला भव्यसाथ मनाइयो पुरातात्त्विक स्थल बानेश्वर नाथ मन्दिरमा

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,१४ फाल्गुन ।रौतहटको सदरमुकाम गौरमा पुरातात्त्विक मन्दिरमा महाशिवरात्री मेला भव्यसभव्री रुपमा सम्पन्न भएको हो।गौर नगरपालिका वर्डा नम्बर -२ महादेव पट्टि पश्चिम र गौर -४टिकुलिया दक्षिण भेग अवस्थित श्री बानेश्वर नाथ मन्दिरमा आज महाशिवरात्री मेला सम्पन्न भएको छ।

गौर नगरपालिका मेयर शम्भु साहको पहलमा गत महिनामा १३ दिन सम्म पुरातात्त्विक विभाग काठमाडौं विशेष तीन सदस्यीय टोलीले उत्खनन कार्य गरेको थियो।जहाँ पौराणिक कालका सर समानहरु फेला परेको थियो,जस अनुसार ५ वर्ष भन्दा पुराना समाग्रीहरु फेला परेको हुदा पुरातात्त्विक स्थलको रुपमा दावी गरेर यश क्षेत्र भएका संरक्षण यतास्थिती राख्न तथा कुनै संरचना भत्काउन नपाउन गरि सुचना बोर्ड लगाएर गएको मेयर शम्भु साहले बताए।

पुरातात्त्विक स्थल भएको सर्वेक्षण बिभागको टोलीले गरेर गएको सुचनाले थप आशा र विश्वास बढ्दै गएको र श्रद्धालु तथा भक्तजनहरु भाखल समेत पूरा हुदोरहेछ जनविश्वास प्रगाढ भएको श्री बानेश्वर नाथ मन्दिरको पुजारीको भनाइ रहेको छ।

श्री बानेश्वर नाथ मन्दिरमा दिनहु पुजा पाठ र दर्शन गरेर भाखल गरिने पुजा हुँदै आइरहेको समेत बुझिएको हो।रौतहटको गौर ,इशनाथ र राजदेवी नगरपालिकाका दर्शनार्थी तथा भारत विहार बैरगनिया-बलुआ  गोवाबारीका दर्शनार्थी आउने गरेको देखिन्छ ।

पर्यटन प्रवर्द्धनको लागि मन्दिरको पश्चिम अवस्थित लालबैया नदीमा बानेश्वर नाथ झोलुङ्गे पुलको निर्माण गरिएको छ।गौर-ईशनाथ नगरपालिका क्षेत्र संगै नेपाल भारतका आवतजावत सहजरूपमा हुने गरेको स्थानीयले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय