गौर राइस मिल जग्गा खेलमैदान स्वरुप अधिग्रहण हुदैमा बिपक्षी सडयंत्रमा उत्रे ,कुनै भ्रममा नपर्नु -मेयर शम्भु

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर, २०फाल्गुन। रौतहटको सदर मुकाम गौर स्थित रहेको ऐतिहासिक मैदान गौर राइस् मिलसको जग्गा दशको देखी भुमाफिया नजरबाट आज बल्ल जोगिएको छ। गौर राइस् मिल्स प्राणगनाको जग्गा गौर राइस् मिल्स एण्ड फ्लोर्सको नाममा रहेकोलाई बिना मुवावजाको अधिग्रहण गर्न नपाउने सरवोच्च अदालतको आदेश आइसकेको हुदा अधिग्रहण गर्न नगरपालिका लाई बिभिन्न कानुनी बाधा अवरोध सामना गर्दै आज जग्गा अधिग्रहण मुवजा स्वरुपको रकम अनुसारको जग्गा दिएर मिल्स जग्गा अधिग्रहण गरिएको स्वरुप २ बिघा १५ कट्ठा जमिन पाउने गरि प्रक्रिया अगाडी बढाइएको मेयर शम्भु साहले सार्वजनिक गरेका छन्।

 ततत्कालिन मुख्यमन्त्रि सरोज कुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले १५ करोड रकम बजेट विनियोजित गरेको गौर नगरपालिकाले नपाएपछी राइस् मिल्स जग्गा अधिग्रहण प्रक्रियामा रोक लागेको सर्विददैछ छ। गौर नगरपालिकाले ५करोड बजेट विनियोजित गर्दा पनि मधेश सरकार आवश्यक रकम निकासा नपाउदा अधिग्रहण रोकिएको छ।

अधिग्रहण प्रकिया कानुनी अदचन वावदुज व्यावहारीक प्रकियालाई कानुन संगत मिलाएर मुवजाको रकम नदिएर सो अनुसार ५वीघा १९ कट्ठा १५ धुर  दक्षिण पट्टि क्षेत्रमा अवस्थित २वीघा १५कट्ठा जमिन लीई अधिग्रहण प्रक्रिया अघि बढाइएको मेयर शम्ब्बु साहले नगरवासीलाई जानकारी गराए।

अधिग्रहण प्रकिया गर्ने समितिमा मालापोत कार्यालय जिल्ला प्रशासन कार्यालय नापी कार्यालय र गौर नगरपालिकाको प्रनितिधिको सहभागी हुने गर्छ जस अनुसार अधिग्रहण गर्ने निर्णय गरि राइस् मिल्स जग्गा अधिग्रहण प्रकिया बढेको र गौर नगरपालिकाका कार्यपालिकको बोर्डको निर्णय बमोजिम हामी यो कार्यलाई अगाडी बढेको उनले प्रष्ट पारे।

गौर नगरपालिकाको आफ्नै कक्षमा पत्रकार सम्मेलन गरेर अधिग्रहण प्रकियालाई भुमाफियाको उस्कहटमा न आउन र कुनै विरोध जस्ता कार्यक्रममा सहभागी नहुन हार्दिक अपिल गरेको उनले बताए साथै जग्गा रजिस्ट्रेसन हुने पछि धर्मशाला र पोखरीको जग्गा पनि नाम पास गरिने सहमति भएको मेयर साहले जानकारी गराए।

आज विहान राइस मिल जग्गा बेचिदै छ  समाजिक संजालमा विरोध भएपछि मेयर शम्भु साह अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको सार्वजनिक गरेका छन् ।यो प्रकियाले खेल मैदान हुने गरि अधिग्रहण हुदैमा विपक्षी आतिएर बिरोध गर्दै र प्रदर्शन गर्ने लगायतमा उत्रेको उनले भने नगरपालिका वासी कुनै भ्रम न पर्न आग्रह गरे।

spot_imgspot_img
spot_img

लोकप्रिय