राजपुरका दलितलाई अधिकारको प्रत्याभूति गराउन ज्ञापनपत्र 

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,२० फाल्गुन ।रौतहटको राजपुर नगरपालिकालाई दलित समुदायको विकासको लागि ज्ञापनपत्र आज बुझाएको छ।दलित सामुदायिक विकास केन्द्र रौतहटद्वारा मेयर डाक्टर राजिक आलमलाई राजपुरका सम्पुर्ण दलित समुदायको शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सुधार तथा प्रवर्द्धनको लागि ज्ञापनपत्र बुझाइएको हो।

दलित सामुदायिक विकास केन्द्र रौतहटका अध्यक्ष उदय नारायण राम लगायतका पदाधिकारीहरुले राजपुरका दलित समुदायका हरेक व्यक्तिलाई संविधानद्वारा उल्लेखित अधिकारको कार्यव्ययन तथा संचालन गराउन ज्ञापनपत्र बुझाइएको छ।

नौ बुंदे माग सहित दलित समुदायलाई अधिकारको प्रत्याभूति गराउन ज्ञापनमा उल्लेख गरिएको हो।पालिकाको हरेक वडामा दलित शिक्षा ट्युशन निशुल्क अभियान चलाउन लगायतका माग गरिएको ज्ञापनपत्रमा लेखिएको छ।

दलित सामुदायिक विकास केन्द्रको नेतृत्वमा “जलवायु परिवर्तन र जातीय भेदभावको न्यायको लागि ज्ञापन पत्र बुझाएको छु।  यो कार्यक्रममार्फत समाजमा हुने जातीय भेदभावको विरोध आवाज उठाउन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न स्थानीय निकायलाई दबाब दिने उद्देश्यले दबाबगरिएको छ।

Dalit Lives Matter  Global Alliance (DLMGA) ले British Council Nepal  को सहकार्यमा मधेश र लुम्बिनी प्रदेशका २० Dignity Defendersहरूसँग मिलेर सामुदायिक स्तरमा प्रभावशाली परिवर्तन ल्याउने कार्यमा संलग्न छ। यी युवा अभियन्ताहरू जलवायु परिवर्तन तथा लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा नेतृत्व लिइरहेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय