अरविन्द कुमार यादव
रौतहट ,२३ फाल्गुन ।नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न गरुडा नगरपालिका-३, मलाही टोलमा नयाँ वडा कार्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। पुरानो भवन जीर्ण भई प्रयोगविहीन बनेपछि नगरस्तरीय बजेट रु. २५ लाखको लागतमा नयाँ चार कोठे भवन निर्माण गर्नका लागि बजेट छुट्याइएको मेयर कन्थमणी जयसवाले बताए।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष अम्बिका सहनी जग्गादाता पारस सहनी लगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। विशेष धन्यवाद पारस सहनीलाई जसले वडा कार्यालय भवनका लागि १ कठ्ठा १३ धुर जग्गा निःशुल्क दान गर्नुभएको छ। साथै, उक्त भवनसम्म पुग्नका लागि १५ फिट चौडाई र २५० मिटर लम्बाइ भएको बाटोको व्यवस्थासमेत मिलाएर यस नयाँ भवन निर्माणले नगरवासीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको मेयर जयसवाले बताए। नगरपालिकाको समग्र विकासका लागि सबैको साथ, सहयोग र सुझावको अपेक्षा मेयर जयसवालले राखेका हुन् ।