पथरा मावीमा फर्जी व्यवस्थापन समिति बनाएर भ्रष्टाचारमा लिप्त मेयर लगाए आरोप-अध्यक्ष प्रभु

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२३ फाल्गुन।रौतहटको एक विद्यालयमा फर्जी विद्यालय व्यवस्थापन समिति बनाएर लथालिङ्ग मचाएको रहस्य बाहिरिएको हो।राजदेवी नगरपालिका -१ पथरा स्थित श्री माध्यमिक विद्यालयमा अभिभावकको मतबाट निर्वाचित विद्यालय व्यवस्थापन समितिलाई बाइपास गरेर दुई वटा समिती कागजमा कडा गरिएको रहस्य बाहिरिएको छ।

विद्यालयको छात्रवृत्ति ,पोखरीको ठेक्काको रकम तथा दिवा खाजामा अनियमितता गर्न सहज हुने गरि प्रधानाध्यापक यादवको सहयोग व्यवस्थापन समिती कागजमा कडा गरिएको व्यवस्थापन समिति अध्यक्ष प्रभु राय यादवले दावी गरेका हुन् ।

 

विद्यालयको व्यवस्थापन समिती अध्यक्ष पदमा २०७९ फाल्गुन १९ गते आफू निर्वाचित भए पश्चात् निम्नमाध्यमिकबाट माध्यमिक विद्यालयमा स्तर उन्नती गराएको प्रष्ट प्रभु राय यादवले पारे।प्र अ को काजमा खटिदै आएपछी म्याद सकिदा पनि सरुआ भरएको ठाउँमा नजानु प्रस्ट छर्लङ्ग छ।केही दिन देखि विद्यालयमा नि वर्तमान अध्यक्षको पाला भएको पोखरी ठेक्काको आयव्यय कागजात सहित माग गरि कार्यालयमा तालाबन्दी आफ्नो नातागोता भएको व्यक्ती संग गराएको अध्यक्ष यादवले आरोप लगाए।

राजदेवी नगरपालिकाको मेयर भिखारी यादव र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ र वडा अध्यक्ष रामनरेश प्रसाद यादवलाई पटकपटक तालाबन्दी तथा प्र अको गतिविधि बारे जानकारी गराउदा पनि कुनै चासो नराखेको अध्यक्ष प्रभुले दुखेसो पोखे।हामी चाहिँ राहे छौ कि विद्यालयको विकास होस् तर नेतृत्व पंक्ती नै यसलाई बढावा दिइरहेको प्रष्ट भएको देखिन्छ ।

तालाबन्दी पनि ताला बन्द गरिएको तालामा ताला लगाउनु आफै बुझ्नु कुन तालाबन्दी भएको छ।तालाबन्दी गाउँका संजय कुमार यादव जसको कुनै विद्यार्थी पढिरहेको छैन जसको नेतृत्वमा प्र अले तालाबन्दी गराएर अनियमितता गर्न खोजेको आरोप लगाए।

एउटा विद्यालय व्यवस्थापन समिती हुदाहुदै अनियमितता गर्न सहज नभएपछी २०८० साल माघ र २०८१ मा व्यवस्थापन समिती बनाएर भ्रष्टाचार गरिरहेको अध्यक्ष यादवले बताए।

यसको बारेमा मेयर यादव संग प्रतिक्रिया लिन खोज्दा उनको मोबाईल नम्बर 985-5047251 सम्पर्कमा आएन।

तालाबन्दी भएपछि परिक्षाको आवश्यक काम बाहिरबाट खरिदारी गराएर परीक्षा संचालन भइरहेको उनले बताए।

फर्जी विद्यालय व्यवस्थापन समिती तल छ

spot_imgspot_img
spot_img

लोकप्रिय