अरविन्द कुमार यादव
रौतहट ,२५ फाल्गुन।रौतहटको सदरमुकाम गौरमा केशरी कल्याण समाज समितिद्वारा होलि मिलन समारोह भव्यसभ्य रुपमा हर्षोउलास का सम्पन्न भएको हो।हनुमान धर्मशालाको प्रांगणमा फाल्गुन २४ गते शनिबार दिन आयोजित होली मिलन समारोह केशरी कल्याण समाज समिति केन्द्रिय अध्यक्ष ईन्जिनियर अनिल कुमार केशरीको प्रमुख आतिथ्यमा भएको थियो।
केशरी जाती अल्पसंख्यकको अनुसूचीमा सुचिकृत नहुनुमा स्वयम् केशरी जातीका व्यक्ती भएको बताउदै भने आउदो एक वर्षमा देश भरी बसोबास गर्ने केशरी जातिको डाटा संकलन गर्ने काम सम्पन्न हुने प्रतिबद्धता केन्द्रिय अध्यक्ष अनिल केशरीले व्यक्त गरे।यसको सुरुवात रौतहट जिल्लाबाट गरिने साथै फोटो सहित घरमुलीका नाम ,सदस्यहरुको विवरण लगायत संकलन गरेर आउदो २०८८ को जनगणनामा समावेश गराएर अल्पसंख्यक जातिमा सुचिकृत गराउने उदेश्य साथ अभियान संचालनमा ल्याउने उद्घोष अध्यक्ष केशरीले गरे।
केशरी कल्याण समाज समिती निर्माणको उदेश्य शिक्षा हासिल गर्ने टाइलेन्ट छात्राछात्रहरुमा हुने पैसाको अभावमा शिक्षाबाट बंचित हुनेलाई समाजको सहयोग पढाउने हो।खास गरेर केशरी समाजका व्यक्ती आर्थिकमा सबल नभएका विद्यार्थीलाई जिल्ला या पाएक पर्ने शिक्षालयमा समाजको लगानीमा टेकनिकल शिक्षा एक विद्यार्थीलाई दिलाइरहेको केन्द्रीय अध्यक्ष अनिल केशरीले बताए ।
केशरी कल्याण समाजको अक्षयकोष स्थापना गरेर १३ लाख राशी जम्मा भइ सकेको सोहीबाट एक विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गरिएको छ।अक्षयकोष सहयोग गर्ने ईच्छुक महानुभावले ५० हजार कम्तीमा र बढी जति राशी सहयोग गर्न सक्नु हुने समारोहबाट जानकारी गराए।
होली मिलन समारोह मनाउनुको मुख्य उदेश्य होली किन मनाइने गर्दछौं ।असत्य माथी सत्यको बिजय भएकोले होली मनाउने गरिइन्छ,हिरणकपशुको बहिनी जिद्दी ,कुरुप ,ईष्र्यालू स्वभाव भएकोले आफ्नो भतिज विष्णु भक्तलाई गर्म तेलको भाडो आफ्नो गोदमा लिई ज्लाउने सोचले बसेपछी भक्त पहलाद बाचे र फुफु जलि सकेपछि होलीका दहल गरेर पश्चात् विजय उत्सवमा होली मनाउने गर्दछौं उनले बताए।
होली मिलन समारोहले आफ्नो धर्म पर्वको इतिहास आफ्नो संततीलाई बताउने अमल गराउने जस्तामा सहयोग गरेर मानव विकासमा टेवा पुग्ने दावी गरे।साथै अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जेष्ठ नागरिक महिलालाई दोसला ओढाएर सम्मानित गरिएको थियो।
नागरिक समाज रौतहटको अध्यक्ष ईन्जिनियर जगरनाथ केशरीले भने केशरी समाजलाई केन्द्रिय अध्यक्ष अनिल केशरी अल्पसंख्यक जातीमा पारेर सरकारबाट आरक्षित सेवा सुविधा दिलाउन सहयोगको अपेक्षा गरे।केशरी कल्याण समाज समितिको अध्यक्ष उद्यमी संतोष केशरीको अध्यक्षतामा समारोह भएको र जिल्ला सचिव राजाराम केशरीले संचालन गरेका थिए।गौरका केशरी समाज तथा आगन्तुक केशरी समाजको भारी संख्यामा उपस्थिति थियो।समारोह कार्यक्रमलाई रोमाञ्चक बनाउन न्यु होपका छात्रा र केशरी समाजका छात्राहरु सांस्कृतिक नृत्य गरेर सहभागीलाई झुमाएका थिए।