गौर र क्षेत्रका उमेदवारहरु संयुक्तरूपमा जग्गा प्रक्रिया रोका राख्न पत्र चाहियो:-मेयर शम्भु

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,२५ फाल्गुन ।रौतहटको सदरमुकाम गौरमा स्वतन्त्र सांसद डाक्टर अमरेश सिंहको पुतला दहन सहित बिरोध प्रदर्शन भएको छ।सांसद अमरेश सिंह शुक्रबार संसद भवनमा गौर राईश मिल्स जग्गा प्रकरण बारे टिप्पणी गर्दै गौर नगरपालिकाको मेयर नामुद तस्कर भएको संज्ञा दिएका थिए।

बिगतका दिन मिल्स का पाट पुर्जाहरु बेचेको पनि प्रमाण दिदै भने रौतहटमा बसेका एसपी शीत सोध्नु एक नम्बर तस्कर को भन्छ शम्भु हो आज मेयर पदमा निर्वाचित भएका छन् तर उनका भाइ एजेन्टको काम गर्दैछ ।राइस मिल मेयर शम्भु साहको डिजाइनमा बिक्रीवितरण गरिने सरकारी फर्जी कागजातहरु बनाइएको हो सांसद अमरेश सिंहले पक्राउ गरेर छानवीन गर्न पनि माग गरेका थिए।

भोलि पलट दिउँसो मेयर शम्भु साहको समर्थकहरुले सांसद अमरेश सिंहले दिएको अभिव्यक्ति प्रती खेद प्रकटको रुपमा पुतला दहन गरेका थिए।गौर नगरपालिका परिक्रमा गरेर बिपि चौकमा कोण सभामा परिणत भएपछी नेकपा एस गौरका नेता वडा अध्यक्ष अर्जुन सिंहले सांसद अमरेश सिंहले आफ्नो दिएको अभिव्यक्ति सच्याउन माग समेत गरे ।सचियाएन भने कडा भन्दा कडा आन्दोलन समेतको चेतावनी नगर प्रवक्ता अर्जुन सिंहले बताए।

गौर नगरपालिका मेयर शम्भु साहको समर्थक तथा नेताकार्यकर्ताहरुले सांसद अमरेश सिंहको तस्विरको काटून माथी जुत्ता चप्पल प्रहार गर्दै बिरोध प्रदर्शन समेत गरेका थिए।मेयर शम्भु साहले भने गरिमामय पदमा भएको सांसद अमरेश सिंहले दिएको म माथी झुठा आरोपको निन्दा गर्दछु।म माथी लगाइएको आरोप मध्ये एक प्रमाणित गरेर देखाएपछी आजिवन राजनीतिकबाट सन्यास लिने न त उहाँ राजनीतिक सन्यास लिनुपर्ने माग गरेको मेयर शम्भु साहले प्रष्ट गरे।

गौर राइस मिल जग्गा निशुल्क लिन बारे संयुक्तरूपमा रोका पत्र पाएपछि सहमत भएको उनले जिकिर गरे।गौर नगरपालिकाको मेयर पदमा आकांक्षी उमेदवार तथा प्रत्यासी उमेदवार साथै रौतहट क्षेत्र १ का संघीय र प्रदेश आकाशंक्षी उमेदवार ,प्रत्यासी उमेदवारहरु संयुक्त निर्णयको पत्र रोका राखी भनी आएपछि म सहमत छु मेयर शम्भु साहले भने।

२ बिघा १५ कठा निशुल्क लिने सहमति छदैछ र बाकी रहेको जग्गा अधिग्रहणको लागि केद्र र प्रदेश सरकारीलाई पहल गरेर रकम मगाउन संघ सरकार र प्रदेश सरकारलाई ज्ञापनपत्र दिनेलाई सुझाव दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय