जसले जति ताकत लगाएपनि गौर राइस मिलको जग्गा कुनै हालतमा बिक्री गर्न दिँदैन : अजय गुप्ता

पछिल्लाे समाचार

अरविन्द कुमार यादव
फागुन २६ गते, रौतहट। नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताले जसले जति ताकत लगाएपनि रौतहटको गौर राइस मिलको जग्गा कुनै पनि हालतमा बिक्री गर्न नदिने बताएका छन्।

पाँच दशक भन्दा बढी दिनदेखि सार्वजनिक कार्यक्रमको रूपमा प्रयोग हुँदै आएको राइस मिलको जग्गा अहिले आएर बेचबिखन गर्ने चलखेल भइरहेको भन्दै उनले आफूहरु कुनै हालतमा राइस मिलको जग्गा बिक्री हुन नदिने बताए ।

रौतहटको सदरमुकाम गौरमा आज आयोजित विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य गुप्ताले यस्तो बताएका हुन् ।

गौर नगरपालिकाका पूर्व मेयर र एमालेका रौतहट जिल्ला इन्चार्ज समेत रहेका नेता गुप्ताले गौर राइस मिलको जग्गा बिक्री हुनबाट आफूहरु रोकेर छाड्ने उद्घोष गरे ।

कसैलाई हिम्मत छ भने राइस मिलको जग्गा बिक्री गरेर देखाउन समेत उनले चुनौती दिए ।

गौर नगरपालिकाका मेयर शम्भु साहको मिलेमतोमा केही भुमाफियाहरुले राइस मिलको जग्गा बिक्री गर्ने दाउमा लागेको भन्दै उनले जसले जति ताकत र शक्ति लगाएपनि आफूहरु जग्गा बिक्री गर्न नदिने बताए ।

केहीदिन अघि मात्र गौर नगरपालिकाका मेयर शम्भु साहले राइस मिलको जग्गामध्ये २ बिघा १५ कठा जग्गा निःशुल्क रूपमा नगरपालिकाको नाममा ल्याउने र बाकी जग्गा बिक्री गर्ने नगरपालिकाले निर्णय गरेको भनी अभिव्यक्ति दिएका थिए।

नगर प्रमुख शम्भु साहले सो अभिब्यक्ति दिएलगत्तै सोहिदिन देखि गौरमा आन्दोलन चर्केको छ।

मेयर साहको सो कदम विरुद्ध अहिले गौरमा दिनहु विरोध प्रदर्शन भइरहेको छ।

गौर राइस मिलको जग्गा बिक्री गर्नबाट रोक्नुपर्ने माग गर्दै गौर राइस मिल बचाउ अभियानले आन्दोलन चर्काइरहेका छन।

गौर नगरपालिकाले राइस मिलको जग्गा बिक्री गर्ने गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै अभियानको नेतृत्वमा एमाले सहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र अन्य व्यक्तिहरू आन्दोलनमा उत्रेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय