अरविन्द कुमार यादव
रौतहट ,६चैत्र।रौतहटको उत्तरी भेगमा अवस्थित रहेका निजि स्वास्थ्य संस्थालाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज सिंहले अभियान चलाएर कानुनी प्रक्रिया नपुगेका अस्पताललाई बन्दै गर्ने निर्णय गरिएको प्रति ध्यानाकर्षण रौतहट सिडियोलाई निजि स्वास्थ्य संस्था संघर्ष समिती चन्द्रपुर रौतहटले ज्ञापनपत्र बुझाएका छन् ।
मुख्यमन्त्रीको छड्के पश्चात् हामी संचालकहरुले कानुनी प्रक्रिया लगायतका कागजात लिएर चन्द्रपुर नगरपालिकामा संचालन अनुमति निवेदन दिदा२०८१ फाल्गुन २३ गते अस्थायी संचालन अनुमतिपत्र दियो १५ सैया बेडको ६९ हजार दस्तुर लिएर।जस जसको सैया अनुसार अनुमतिपत्र दियो दस्तुर लिएर पछि अस्पताल खुले मुख्यमन्त्री ज्युको चैत्र ४ गतेका प्रेसविज्ञप्ती चन्द्रपुरका सबै निजि अस्पताल बन्द भयो सामाचारमा आए।
हामी सबैले प्रक्रिया पुगाएर अस्थायी प्रमाणपत्र लिए पछि मुख्यमन्त्रीको विज्ञप्ति बाट नगरपालिका पछि हट्यो।चन्द्रपुरमा भएका मध्ये केही निजि अस्पताललाई अनुगमन भएको र केही बाकी छ।जसको प्रक्रिया पुगेको छैनन् त्यसलाई संचालन बन्द गर्नु तर अबैध संचालनको नाममा बैधलाई पखा नलाउन माग गर्दै रौतहट सिडिओलाई समन्वय गरिदिन हुन ज्ञापनपत्र बुझाएको हो।
चन्द्रपुर नगरपालिकाले सामुहिक छलफल गरेर समस्या टुंगो लगाउने प्रतिबद्धता गरेर पछि हटे,अदृश्य शक्तिबाट रकमको बार्गेनिङ गर्ने खबर आएको पनि छ।हाकिम र स्वास्थ्य प्रमुख संग सम्पर्क गर्दा सम्पर्क भएन।
रौतहट सिडियो मेयर वा हाकिम अभए उपमेयरसंग छलफल गरेर बैधानिक प्रकियाबाट समस्या टुंगो लगाउने आज प्रतिबद्धता जनाए।