हातहतियार प्रदर्शन गरेर हिन्दु समुदायलाई तर्साउने शेख जम्सैदलाई कानुनी कार्यवाहीको माग सहित आन्दोलन

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,६ चैत्र।रौतहटमा हिन्दु मुस्लिम द्वन्द चर्काउने गौर नगरपालिका -६का पूर्व वडा अध्यक्ष शेख जम्सैदलाई कानुनी कार्यवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाइएको हो।चैत्र १ गते शुक्रबार दिन हिन्दुहरु पर्व होलीको दिन खेल्ने क्रममा नाबालकहरुले मस्जिदको कम्पाउड बाल उपर रंग दलिए पछि हिन्दु मुस्लिम विवाद उत्पन्न बेला हिन्दु अगुवाहरुले तीन नाबालकहरुलाई प्रहरीलाई सौपेर बिवाद टुंगो लगाएको थियो।

त्यही दिन पूर्व वडा अध्यक्ष शेख जम्सैदले हिन्दुलाई तर्साउने डराउने भयभीत बाताबरण शृजना समेत गरेर अघात पुर्याउनु खेद जनक रहेको बर्तमान अध्यक्ष अवधविहारी साहले बताए।साथै होली खेल्ने क्रममा डम्फ बाजा लाई तोडफोड गराउने बाटो भएर जान नदिने गएपछी खुर्सानीको पाउडर शरीर माथी हाल्न लगाउने र हातहतियार प्रदर्शन बाहिरको मान्छे बोलाएर गराउनु समाजिक सद्भाव बिथोल्ने शेख जमसैदलाई हदै सम्म कानुनी कार्यवाहीको निवेदन जिल्ला प्रहरी दिए पनि दर्ता भएको छैन उनले जानकारी गराए।

गल्ती गरेको नाबालकहरु एसएसई का विद्यार्थी हुन अनजानमा भएको गल्तीलाई सबै समाजमा वडा अध्यक्ष लगायत आरोपितले माफी मागेपछी साधारण तारेख छन् ।गल्ती गर्नेलाई हिन्दु समुदायनै कानुनी उपचारमा पेठायो उनले बताए ।

 

सबै विवाद समाधान भयो पछि राजनीतिक रोटी सेक्न आफ्नु हिन्दु मुस्लिमको नेता होउन् भनेर मुस्लिम समुदायलाई आफ्नो नेतृत्व हिजो प्रदर्सन गराएको आरोप लगाए।होलीको पूर्व संध्यामा शेख जम्सैद आफ्नै प्रांगणमा होली मिलन समारोह राखेर सबै रंग अबिर दले पछि नाबालकले मस्जिदको वालमा दले कुन ठूलो अपराध भयो।गत निर्वाचनमा ४ थो स्थान मत प्राप्त गरेपछी उनी मांसपेशी संतुल्न गुमाएपछी यस्तो प्रदर्सन तथा अपराधी क्रीयाकलापमा लागेको वडा अध्यक्ष अवधविहारीले लगाए।

 

हिन्दु मुस्लीम विवाद -पारा काट्ने गाउँमा गौर नगर भरी कहि काटिदैन सबगढा किन शेख जमसैद ले विवाद गराएर राजनीतिक रोटी सेक्ने प्रयासरत रहेको आरोप लगाए।शेख जम्सैद लाई हातहतियार प्रदर्शन तथा खजाना अभियोगमा मुदा नचाए पछि निरन्तर आन्दोलनमा हामी हिन्दु समुदाय होमिने माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।

हिजो मुस्लिम समुदायले भाइचारा बिगार्नेलाई कार्यवाही गर्न माग गर्दै सिडिओलाई ज्ञापनपत्र बुझाएको थिए।रौतहट सिडिओको भनाई दुवै पक्षले माग गर्दै ज्ञापनपत्र बुझाउनु भएछ,यसलाई दुवै पक्षलाई सर्वदलीय बर्ता गराएर समाधान गराउने यथाशीघ्र प्रक्रिया बढाएर टुंगो लगाउने बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय