नेपाल भारत पत्रकारिता संवाद कार्यक्रम गौरमा सम्पन्न

पछिल्लाे समाचार

अरविन्द कुमार यादव
चैत २५ रौतहट
नेपाल तथा भारतका पत्रकारहरूको बीचमा संवाद र आपसी समझदारी बढाउने उद्देश्यले आयोजित नेपाल भारत पत्रकारिता संवाद कार्यक्रम हालै घण्टाघर चौक स्थित मध्यान्ह राष्ट्रिय दैनिक पत्रिका कार्यालयको सभा हलमा सम्पन्न भएको छ। सो कार्यक्रममा विभिन्न संचारगृहका प्रतिनिधिहरू, तथा मिडिया क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि, ईन्डियन जर्नलिस्ट एसोसिएसनका अध्यक्ष सेराज अहमद कुरैसीले नेपाल र भारतका पत्रकारहरूको सुरक्षा र कामकाजी परिस्थितिहरूमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए। उनले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि सरकारबाट सशक्त कदम उठाउनु पर्ने बताउँदै पत्रकारको हत्या, धम्की र अन्य असुरक्षित परिस्थितिहरूलाई गम्भीरताका साथ लिने विषयमा धारणा राखे।
कुरैसीले भने, “नेपाल र भारतका पत्रकारहरूले रोजगारीका खतरनाक स्थितिहरू भोगिरहेका छन्। यसका साथै, पत्रकारको हत्या हुनु र उनलाई धम्की दिनु सस्तो र अस्वीकृत व्यवहार हो। सरकारले यसलाई रोक्नका लागि कडा कदम चाल्नुपर्छ।” उनले सरकारसँग आग्रह गरे पत्रकारको सुरक्षा कानुनी रूपमा सुनिश्चित गर्न, मृतक पत्रकारको परिवारको आर्थिक उद्धारका लागि एक सदस्यलाई जागिर दिने व्यवस्था गर्नु, र पत्रकारको मुआवज़का बारेमा सुनिश्चितता प्रदान गर्नु अत्यन्त आवश्यक रहेको हो । साथै, पत्रकारले कुनै पनि नेता वा कर्मचारीको भ्रष्टाचारबारे समाचार सम्प्रेषण गर्दा तिनीहरूबाट धम्की वा अपमानको सामना नगर्नुपर्ने कुरामा उनले जोर दिए।
उनले कोरोनाको महामारीका बेला सरकारले पत्रकारहरूको स्थिति र सुरक्षा प्रतिको ध्यान नदिएकोमा गुनासो व्यक्त गर्दै भने, “सरकारले कोरोनाका बेला प्रहरी प्रशासन र स्वास्थ्यकर्मीलाई सुविधा उपलब्ध गराएको थियो, तर पत्रकारलाई भने ध्यान दिइएन। पत्रकार राष्ट्रका चौथो अंग हुन्, र उनीहरूको सुरक्षाका लागि सरकारी कदम अनिवार्य छन्।” उनले प्रस्ताव गरे कि सरकारले पत्रकारहरूको लागि स्थानीय स्तरमा १० हजार, प्रदेश स्तरमा १५ हजार र राष्ट्रिय स्तरमा २० हजार रुपैयाँ मासिक व्यवस्था गर्नुपर्ने कुरा राखे।
नेपाल र भारतका मिडिया बीचको आपसी सम्बन्ध र सांस्कृतिक आदान-प्रदानलाई प्रवर्द्धन गर्नका लागि आवश्यक कदम चाल्नुपर्ने बताए। उनले भनें, “पत्रकारिता भनेको सीमाना नाघेर संवाद गर्न र सूचना आदान-प्रदान गर्नु हो। यसले दुवै देशका बीचमा विचारविमर्श र मुद्दाहरूलाई समृद्ध गर्न मद्दत पुर्याउँछ।”
नेपाल र भारतका मिडिया संस्थाहरूले आफ्ना पत्रकारितामा पारदर्शिता र निष्पक्षताको महत्व दिन थालेका छन्, जसले दुवै देशमा समझदारी र आपसी सम्मानको प्रवर्द्धन गर्नेछन् ।
सो कार्यक्रममा प्रतीक दैनिकका पत्रकार शैलेन्द्र झा, मधेश भुमिकाका कार्यकारी सम्पादक राकेश यादव, मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार सत्येन्द्र प्रताप सिंह, लगायत विभिन्न संचारक्षेत्रका संचारकर्मी हरूको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय