रौतहटको गौर भन्सारमा तस्करको दबदबा : पत्रकार र प्रहरीलाई पैसा दिएर तस्करी गर्ने महिला तस्करको खुल्ला धम्की

पछिल्लाे समाचार

मोहम्मद अफताब हासमी
रौतहट ,३१ चैत।रौतहटको गौर भन्सार नाकामा खुलेआम तस्करी हुने क्रम बढ्दो छ, र अझ चिन्ताजनक कुरा के छ भने तस्करहरू अब खुलेरै पत्रकार र सुरक्षाकर्मीलाई पैसा दिएर आफ्नो काम सहज बनाइरहेको स्वीकार गर्न थालेका छन्। एक महिलाले खुलेआम भनिन्, “मैले पत्रकार र प्रहरीलाई किनेर तस्करी गर्छु, रोक्न सक्ने को छ?”

घटनास्थलमा उपस्थित स्थानिय स्रोतका अनुसार, दिनदिनै तस्करी हुने क्रम बढिरहेको छ भने त्यसको असर सिधा आम नागरिकमाथि परेको छ। “हामीले साना व्यवसायका लागि ल्याएका समान प्रहरीहरू आएर जफत गर्छन्, तर ठूला तस्करहरूको समान त जसको तस रहन्छ,” एक स्थानीय व्यापारीले दुखेसो गरे।

प्रहरी प्रशासनले जनताको सामान नियन्त्रणमा लिएर तस्करको समान छोड्नुले प्रशासनमाथिको विश्वास घटेको छ। धेरैले यसलाई प्रहरी र तस्करबीचको मिलोमतोको रूपमा हेरेका छन्।

“हामीजस्ता साना व्यापारीहरू त त्रासमा बाँचिरहेका छौं, कहिले हाम्रो सामान उठ्छ, कहिले हामीमाथि हातपात हुन्छ,” अर्को स्थानीयले भने। प्रहरीको दुर्व्यवहार, तस्करको खुलेआम धम्की र जनताको सामान जफत हुनु – यी सबैले गौर भन्सार क्षेत्र भ्रष्टाचार र अन्यायको केन्द्र बन्दै गएको संकेत गर्छ।

यसबारे सम्बन्धित निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) तथा मानव अधिकार आयोगले गम्भीर ध्यान दिनुपर्ने स्थानीयको माग छ।

spot_imgspot_img
spot_img

लोकप्रिय