कलैया बैशाख ५ । सिम्रौनगढ नगर अस्पतालको रु ३० लाख भुक्तानी बापत बीस प्रतिशात कमिसन नदिदा : प्रमुख प्रशासकीय अधिकृत जैसवाल द्वारा भुक्तानी रोका सम्बन्धि आएको तथ्यपुर्ण समाचार प्रती अधिकृत जैसवाल द्वारा धम्किपुर्ण अभिव्यक्तिको महासंघ बाराले घोर भत्सर्ना गरेको छ । प्रमुख प्रशासकीय अधिकृत जैसवालले मिलन राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक नरेश गुप्तालाई मोबाइल नम्बर बाट फोन गरि जिल्ला प्रशासनमा मुद्दा हाल्छु ,देखाईदिन्छु दिइएको अभिव्यक्ति प्रती महासंघ बाराले घोर आपत्ति जनाएको छ । महासंघ बारा शाखाले शुक्रबार नै समाचारको बिषयलाइ लिइएर प्रेस स्वतन्त्रता विरुद्धमा अधिकृतले दिइएको धम्की ,दुव्र्यवहार प्रति प्रेस बिज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ । सिम्रौनगढ नगर अस्पतालको स्तर उन्नति ,ब्यवस्थापन ,औषधी खर्च बापत नगरपालिकाले रु ५३ लाख निकास गरेको भएपनी अधिकृत जैसवालले रु ३० लाख दिइने ,चेकको भाउचर समेत मिति २०८१ चैत्र १३ मा खडा भएको अवस्थामा अधिकृत जैसवालले आफुलाई बीस प्रतिशात सम्म कमिसन दिइए मात्र भुक्तानी गर्ने जनाएको अस्पताल प्रमुख जयनारायण यादवले बताए। भुक्तानी र कमिसन प्रकरणमा समाचार विभिन्न माध्यममा आएको सर्वबित्दै छ । अधिकृत जैसवालले मिलन राष्ट्रिय दैनिकमा आएको समाचार लाई स्थानीय बारा दैनिक अन्लाईन मार्फत समाचारको प्रसङ्ग नै परिवर्तन गरि मिलन दैनिकको भुक्तानी बिषयमा खण्डण गराउनु , स्थानीय सिम्रौनगढ निवासी संजय यादव , कलैयाका युवा नेता मार्फत समेत फोन गर्न लगाउनु जस्ता गरिएको क्रियाकलाप नै अधिकृतको भ्रष्टाचार ढाकछोपको गन्ध आएको बुझ्नु पर्छ । सिम्रौनगढ नगर अस्पतालको मिति २०८१ चैत्र १३ मा तत्कालीन लेखापाल संजिव कुमार झाले रु ३० लाखको चेक भाउचर खडा गरिसकेको तर अधिकृत जैसवालले कमिसनको चक्करमा नगर अस्पतालको भुक्तानी नै रोक्नु ,स्वास्थ संस्था मानव जीवन संग खेलवाड गर्नु हो ,अस्पताल प्रमुख जयनारायण यादव बताउँछन् । नगर अस्पतालको चेक रिभर्स गर्न पटकपटक अधिकृत जैसवाल र लेखापाल श्याम पटेललाई जानकारी गराउदा समेत भुक्तानी रोका राख्नु अधिकृतको नियतमा खोट रहेको बुझिन्छ । सिम्रौनगढ नगर अस्पतालको चेक भुक्तानी नहुंदा अस्पतालको ईमर्जेन्सी सेवा बाहेक सम्पुर्ण सेवा ओपिडी , ल्याब , एक्सरे , फार्मेसी ठप्प भएपछि स्थानीयहरु निजि अस्पताल बाट महङ्गो उपचार लिन बाध्य भएका छन ।