बारा बैशाख ७ । सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालको अर्को भ्रष्टाचारको नमुना बाहिर आएको छ । सिम्रौनगढ नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको म्याद आ ब ०७७/०७८ र ०७८/०७९ मा नै समाप्त भएको थियो । तर प्रशासकीय अधिकृत जैसवालले आफू खुशी बोर्डको निर्णय बिना नै १५ जना करारका कर्मचारीको म्याद आ ब ०८१/०८२ मा थप गरिएको रहस्य बाहिर आएका छन । सिम्रौनगढ नगरपालिकाले त्यतिबेला २२ जना कर्मचारीको म्याद आ ब ०७७/०७८ मा नथप्ने भनी सूचना नै सार्वजनिक गरेको थियो । आफू नजिक रहेको केही करारका कर्मचारीको म्याद थप गरि तलब भता खुवाई आफ्नो कमिसन लिइएका छन । सिम्रौनगढ नगरपालिका वडा ७ स्थित रहेको आर्युबेद औषाधल्यमा कार्यरत कार्यालय सहयोगी बन्दना कुमारी अधिकृत जैसवालको आफ्नै बडि गार्ड रुपेश दास , जैसवालको आफ्नै भाइ राजु जैसवालको सेवा अवधी थप गरि तलब भता दिइएको छ । अन्य बांकी करारका कर्मचारीहरुको म्याद थप गरि तलब भता दिइने त्यस बापत अधिकृत जैसवालले मोटो नजराना लिने गरिएको नगरपालिकामा कार्यरत एक कर्मचारीले बताए । सिम्रौनगढ नगरपालिकामा भ्रष्टाचारमा लिप्त रहेका अधिकृत जैसवालले वडा स्तरीय ,योजना , नगर स्तरीय योजना , ठेकेदार , उपभोक्ता समिती शिक्षक नियुक्ति , कर्मचारीको म्याद थप लगायतको कार्यक्रममा कमिसन उठाउन अधिकृत जैसवाल सिपालु रहेका छन। आर्युबेद तर्फको सातौ तहका कर्मचारी रहेका अधिकृत जैसवाल सिम्रौनगढ नगरपालिकामा विभिन्न समयमा चार पटक प्रशासकीय अधिकृतको जिम्मेवारी बोकेका कर्मचारी हुन ।