मनिश जसवालले आफू पिडित भएको दावी गर्दै भने महिला रक्सी खुवाएर ५१ लाख लगे

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

 रौतहट ,१६ बैशाख । सोमबारका दिन रौतहटमा आयोजित पत्रकार सम्मेलनमा मिन्टु जसवालले आफ्नो भाइ मनिष जसवालमाथि लागेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै घटनाको बिलकुलै फरक पाटो प्रस्तुत गरे !

पत्रकार सम्मेलनमा बोल्दै मिन्टु जसवालले मनिषमाथि लगाइएको आठ लाख रुपैयाँ ठगी आरोप असत्य रहेको दाबी गरे। उनले उल्टै ती महिलाले मनिषलाई रेड वाइन खुवाई होश हराएर अश्लील तस्बिर खिची ब्ल्याकमेल गरेको आरोप लगाए। जसवालका अनुसार ती महिलाले ती तस्बिरको धम्की देखाई करिब ५१ लाख रुपैयाँ विभिन्न समयमा बैंकमार्फत असुल गरेकी हुन्।

“उक्त महिलाले अहिले विवाहको दबाबसमेत दिइरहेकी छन्,” जसवालले दाबी गरे। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासन र सञ्चारमाध्यमसँग आग्रह गरे।

मिन्टु जसवालले पूजा जयसवालको नागरिकतामाथि पनि प्रश्न उठाए र उनको दोहोरो नागरिकता रहेको दाबी गरे। उनले यो पनि बताए कि पूजा जैसवाल विवाहित हुन् र भारतमा उनको विवाह भइसकेको छ। उनका अनुसार, पूजाको यो पहिलेदेखिकै बानी हो कि अविवाहित पुरुषहरूलाई फसाएर उनीहरूबाट पैसा असुल्ने गर्छिन्। यो घटना गौर नगरपालिका वडा नम्बर १ मा भएको जसवालले जानकारी दिए। उनले यो पनि बताए कि पूजा जैसवालले विगत तीन वर्षमा बैंकमार्फत ५१ लाख रुपैयाँ ब्ल्याकमेल गरेर लिएकी छिन् र यसका प्रमाणहरू उनीहरूसँग सुरक्षित छन्। मिन्टु जसवालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे ताकि उनका भाइले न्याय पाउन सकून्।

spot_imgspot_img
spot_img

लोकप्रिय