अरविन्द कुमार यादव
रौतहट ,१८ बैशाख ।एमाले गाैरनपा काे अधिवेशन सम्पन्न। रौतहटको गौरमा नेकपा एमाले हजारकाे सख्यामा नेता कार्यकर्ताको उपस्थितिमा गाैरनपाकाे नवौं नगर अधिवेशन खुल्ला कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले राष्ट्रिय सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा सम्पन भएको हो ।
नेकपा एमालेलाई पटकपटक रौतहटमा कमजोर बनाउन केही षड्यन्त्रकारीले प्रयास गरेपनि अहिले जिल्ला इन्चार्जको रूपमा जिम्मेवारी पाएका अजय कुमार गुप्ताले पार्टीलाई मजबुत बनाउन दिनरात लागि परेको मेहनतकै कारण आज हजार कार्यकर्ताको सहभागीताले गौर नगर अधिवेशन सम्पन्न भएको हाे।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य उद्वव रेग्मी, रेखा झा, कुन्दन कुशवाहा, लेखा उपाध्यक्ष राजकिशोर यादव, प्रदेशसभा सदस्य जयचन पटेल, मो.जैद राजा, जिल्ला अध्यक्ष सचिदानन्द साह, जिल्ला कमिटी, नगर कमिटी, वडा कमिटी लगायतका सहभागीता रहेको थियो ।
साे सभामा बाेल्दै गुप्ताले गाैरका मेयरले कर छुटकाे नाराबाट जितेका अाज माटोमा प्रति टेलर ७५ रूपिया कर लिनेगरेकाे छ।सयाै टेलर प्रति दिन चलनेमा १०टेलरकाे मात्र रसिद काटने अरू रकम नगर प्रहरी मार्फत गाेजीमा जाने।त्यति मात्र हैन जग्गा कर प्रति कठ्ठा ५० रूपिया लिई रहेको छ। यस भन्दा पहिला मेयरकाे पालामा १५रूपियामात्र लागने गर्थें । गाैर क्षेत्र लाई बिना नालाकाे मुहानबाट गैारका जनता राेगबाट त्रसित भएकाछन।