आलमको मेयर उम्मेदवारी घोषणा, दुई दशक लामो संघर्षपछि नेतृत्वमा दाबी

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,२६ बैशाख । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनदेखि मधेश आन्दोलनसम्म सक्रिय सहभागिता जनाउँदै १० पटकभन्दा बढी प्रहरी हिरासतमा परेका मो.नौशाद आलम अहिले परोहा नगरपालिका, रौतहटको आउँदो २०८४ सालको स्थानीय निर्वाचनमा मेयर पदका लागि उम्मेदवारी घोषणा गर्दै जनसम्पर्क अभियानमा होमिएका छन्।

नेपाली कांग्रेस पार्टीको सामान्य कार्यकर्ता रूपमा राजनीतिक यात्रा सुरु गरेका परोहा नगरपालिका–१ निवासी आलम अहिले तरूण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिरहेका छन्। उनले २०६३ सालमा नेपाल तरूण दल रौतहटको सचिवको जिम्मेवारी पाएका थिए। त्यसपछि २०७२ सालमा सर्वसम्मतिबाट जिल्ला सभापति पदमा निर्वाचित भई २०८० सालसम्म सफलतापूर्वक नेतृत्व दिएर पदबाट विश्राम लिए।

त्यही क्रममा उनी तरूण दलको केन्द्रीय सदस्य बने। झण्डै दुई दशकदेखि नेपाली कांग्रेसमा सक्रिय रुपमा संलग्न रहेका आलम अहिले गाउँ–शहर डुल्दै आम जनताको घरदैलोमा पुगेर आफ्नो उम्मेदवारीलाई सशक्त बनाउने अभियानमा छन्। सर्वसाधारण परिवारमा जन्मिएका आलम नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मो. अफताब आलमका नजिकका मानिन्छन्। नेपाली कांग्रेसका नेता मोहम्मद नौशाद आलम पार्टीको महासमिति सदस्यका रूपमा दोस्रोपटक चयन भएका छन्।

राजनीतिक आन्दोलनका क्रममा दर्जनौं पटक घाइते र हिरासतमा परेका आलमले स्पष्ट रूपमा भनेका छन्, “अबको पालो परोहा नगरपालिकाको मेयर पदमा मेरो नै हो।” उनले पूर्ण तयारीका साथ निर्वाचन लड्ने दाबी गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय