रौतहटमा नेपाल चिकित्सक संघको नयाँ शाखा विस्तार, वरिष्ठ उपाध्यक्षमा डाक्टर कौशर आलम

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

वैशाख २८  गते, रौतहट।नेपाल चिकित्सक संघले रौतहटमा नयाँ शाखा विस्तार गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुर स्थित आरोही होटलमा आज शनिवार सम्पन्न भएको एक कार्यक्रमबीच रौतहटमा डाक्टर सुभाष कुमार चौधरीको अध्यक्षतामा नेपाल चिकित्सक संघ जिल्ला कार्य समिति रौतहटको १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नव गठित नेपाल चिकित्सक संघ, रौतहट शाखाको वरिष्ठ उपाध्यक्षमा डा. कौशर आलम रहनु भएको छ ।
वरिष्ठ उपाध्यक्ष डाक्टर आलम स्वास्थ्य सेवामा रौतहटमा बर्षौ देखि सक्रिय रहदै आउनु भएको छ । वहाँ ब्यवसायिक रुपमा नभएर स्वार्थ रहित सेवा प्रदानमा चिरपरिचित हुनु हुन्छ ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल बिक्रम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजपुर नगरपालिका नगर प्रमुख डाक्टर राजिक आलमको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख डाक्टर आलमले जनताको मन जित्ने गरि सेवा प्रदान गर्न डाक्टरहरुलाइ अनुरोध गर्नु भयो । जुन पेशामा पनि इमानदारी पुर्वक काम गरे मात्र सफल हुने बताउँदै नगर प्रमुख डाक्टर आलमले डाक्टर सङ जनताको ठूलो आशा रहेकोले त्यसमा खडा उत्रनु पर्ने धारणा राख्नु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय