अरविन्द कुमार यादव
रौतहट ,२८ बैशाख ।रौतहटमा स्वर्गीय रामा यादव ज्युको ४ औं पुण्यतिथिमा रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१/२०८२ घोषणा कार्यक्रम सम्पन्न भएको हो।रेड टेलीभिजन रौतहटको सदरमुकाम गौरबाट पहिलो चोटि प्रसारण गरेका अध्यक्ष स्व रामा यादवको स्मृति पत्रकारिता पुरस्कार घोषणा कार्यक्रमको अध्यक्षता स्व रामा ज्युका श्रीमान तथा रेड टेलिभिजन का अध्यक्ष र रामा यादव स्मृति प्रतिष्ठान रौतहटको संरक्षक जय प्रकाश यादवले गरेका थिए।
रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१/२०८२ घोषणा कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष संजय कार्कीको प्रमुख आतिथ्यमा भएको स्वर्गीय रामा यादवको ४ औं पुण्यतिथिका दिन दुई महिला पत्रकारलाई यश प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो।
रामा यादव स्मृति प्रतिष्ठान रौतहटको आयोजनामा गरिएको बारा र धनुषाका एक एक महिलालाई स्वास्थ्यमा कलम चलाएको भन्दै जनही २६००१ राशीबाट पुरस्कार घोषणा नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष संजय कार्कीले गरे।महिला पत्रकार कम भएको कारण संचार क्षेत्र रामा यादव संग सोधपुछ गरेर काम आगाडी बढाउथे म।
वरिष्ठ पत्रकार प्रभात झाको भनाई-२०७९ सालमा दोस्रो चरणमा आएको कोरोना कालमा प्रादेशिक अस्पताल गौर चेक जाँच गराउदै ज्यान गुमाएकी रेड टेलीभिजनका संस्थापक अध्यक्ष रामा यादवले करिब १५ वर्ष देखि रेड खबर ,रेड पोस्ट ,सितलपुर सप्ताहिक पत्रपत्रिका संचालन गर्दै समाजमा आमुल्य परिवर्तनको लागि काम गरेका थिइन।संचार क्षेत्र अर्को आयाम थप्न सफलको रुपमा रेड टेलीभिजन ज्यान गुमाउनु अघि दुई वर्ष संचालन गरेका थिईन।
नेपाल पत्रकार महासंघ रौतहट पूर्व अध्यक्ष शैलेन्द्र गुप्ताको भनाई-रौतहट जिल्लाको लागि संचार क्षेत्र महिला पत्रकार भएर स्व रामा यादव धेरै उल्लेखनीय भुमिका खेलेर ज्यान गुमाइकी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ,सलाम पनि छ साहसी महिलालाई।पत्रकारिकालाई गल्त बाटो न लैजान ,रोक्न नेपाल पत्रकार महासंघ रौतहटले भुमिका खेल्नुपर्ने माग छ।स्थानीय तह र पत्रकार पनि समस्या आ- आफ्नो हो सुनाउछन् तर वास्तविक स्थानीय तह र स्थानीय पत्रपत्रिका ,अनलाइन र टेलिभिजनको लागि नीति निर्देशनमा टेकेर बाटो निकास निकाल्न माग पनि गर्दछु।
नेपाल पत्रकार महासंघ रौतहट शाखा निवर्तमान अध्यक्ष प्रेम चन्द्र झाको भनाई-रामा यादवको योग्यदान रौतहटको पत्रकारिता क्षेत्र अविस्मरणीय रहनेछ।पत्रकारिता पुरस्कार विषयमा महासंघ गम्भीर हुनुपर्छ कलम जिविलाई कलम चलाएको आधारमा पुरस्कार दिनुपर्ने माग गरे।
नेपाल पत्रकार महासंघ केन्द्रिय निवर्तमान सदस्य शिवपुरीको भनाई-रौतहटको पत्रकारिता विषयमा एका आपसमा मेलमिलाप गरेर कलम चलाउन आग्रह गर्दै भने राष्ट्रिय पुरस्कारमा रौतहट संग संधै विभेद हुन्छ ,यहाँ परापुर्व कालदेखी कलम चलाउने साथीहरु छन् ।हामी आफ्नो रौतहट जस्तै चिनाउने कलम चलाउनुपर्ने स्मय आएको छ।
रामा यादव स्मृति प्रतिष्ठान रौतहटको संयोजक जय प्रकाश यादवको भनाई-रौतहटमा २०७९ मा आएको कोरोनाको कारण दुई जना पत्रकारको ज्यान गएको रामा यादव पहिलो र दोस्रो दिन मनोज चौधरी ज्यान गयो ,मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार घोषणा तर मेरो श्रीमती रामा यादवको नाउबाट पनि भएन दुखेसो पोखे साथै नेपाल प्रेस युनियन रौतहट विज्ञप्ति समेत निकाल्न सकेन त्यस्तो पार्टीमा झोला बनेर बस्नु छैन ।जे होस मैले रामा यादव स्वास्थ्य अभावको कारण खासै प्रादेशिक अस्पताल गौरको केही चिकित्सकको कारण ज्यान गएको दावी गरे।साथै स्वास्थय क्षेत्र कलम चलाउने महिला पत्रकारलाई सहभागी हुने गरि रामा यादव स्मृति पत्रकारिता पुरस्कार ४वर्ष देखि आफू जोहो गरेर अनुसार चलाइरहेको र नेपाल पत्रकार संघ रौतहट संग अनुरोध राम यादव स्मृति पत्रकारिता पुरस्कारको राशी बाचुन जेल सम्म तयार छु आफ्नो माहत लिइहाल्नु साथै मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार दुवै राशी दिन तयार रहेको छु उनले भने ।घोषणा गरिएको राशी श्रावण १९ गते जयरामा मिडिया प्रालीका वार्षिक उत्सव हुने दिन प्रदान गरिनेछ।