बौधीमाई नगरले गरे उत्कृष्ट कर्मचारीलाई सम्मानित 

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

गौर,७ असार।रौतहटको बौधीमाइ नगरपालिकाले छ जना उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन स्वरूप नगदसहित सम्मान  १० औं नगरसभाको खुला सत्रमा गरिएको हो।

 

सम्मानित हुने कर्मचारीहरुमा लेखा प्रमुख अरविन्दकुमार यादव, योजना शाखा प्रमुख उमेश झा, शिक्षा शाखा प्रमुख रमेशकुमार यादव, पंजीकरण शाखा प्रमुख विकी बाबुप्रसाद जयसवाल, स्वास्थ्य शाखा प्रमुख तारकेश्वरप्रसाद पटेल र वडा सचिव लालबाबुप्रसाद पटेल हुनुहुन्छ ।

नगरपालिकाको काम कारबाहीमा पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखी सेवा गर्दै आएका कर्मचारीहरुलाई मधेश प्रदेशसभा सदस्य जयचन पटेल तथा नगरप्रमुख प्रदिप यादवले संयुक्त रूपमा प्रशंसापत्र र पाँच हजार एक सय नगदसहित सम्मान गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले बताए।

१० औँ नगर सभामा नगरपालिकाका नगर उपप्रमुख प्रमिला जैसवालले आर्थिक वर्ष ८२/८३ को नीति कार्यक्रम तथा ४३ करोड ९० लाख ७६ हजार नौ सय नौ रुपियाँकोबजेट प्रस्तुत गर्दै नगरपालिकाले कृषि, स्वास्थय तथा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । कृषि क्षेत्रको आधुनिकिकरण गर्दै आत्मनिर्भर बनाउने, पाँच वटाभन्दा बढी गाई, भैंसी पशुपालक किसानलाई अनुदानको व्यवस्था गर्ने,  पालिका स्तरिय इ–लाईब्रेरी स्थापना गर्ने, नगर प्रमुखसँग बालबालिकाको अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तथा साक्षर पालिका घोषणाका लागि आवश्यक कृयाकलाप गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै, गुजरामाई मैदानमा क्रिकेट स्टेडियम, छोरी जन्मिने वितिकै ६ हजार रकम २० वर्षका लागि मुद्दती खातामा राखेर बिमासँग जोडिने कार्य, बालमैत्री तथा बालश्रम मुक्त नगरपालिका घोषणा लगायतको कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको उपप्रमुख जैसवालले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय