अरविन्द कुमार यादव
गौर,६ श्रावण ।रौतहट जिल्लाको दुर्गा भगवती गाउ पालिका वडा नम्बर १ निवासी ४४ वर्षीय रुपलाल भन्ने रामरुप दासले छोराको हत्यामा संलग्न रहेका आरोपितहरू खुलेयाम घुमफिर गरी रहदा पनि ईलाका प्रहरी कार्यालय गरुडाले जाहेरी लिन मानेन पीडित पक्षको भनाई रहेको हो।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा पिडित दासले बैशाख २५ गते राती छोरा २३ वर्षीय अच्छेलाल भने बिनित कुमार दास मोटरसाइकलले जन्ति गइ रहेको अवस्थामा गरुडा नपा २ बिनगरा जाने बाटोको चौरमा हमला गरी हत्या गरेको घटनामा गरुडा प्रहरीले जाहेरी लिन नमानेको उनले आरोप लगाएका छन् ।
स्थानीय दुर्गा भगवती गाउपालिका वडा नम्बर २ भलोहिया निवासी भोला भन्ने दिनेश सहनी, कौच भन्ने जवाहिर सहनी, २१ वर्षीय जवाहिर सहनीको छोरी काजल सहनीले योजना बनाई हत्या गरेको आरोप समेत दावी ठोकुवा गरे।
काजल सहनीले छोरालाइ फोन गरी बोलाए र भोला सहनी र जवाहिर सहनीले मोटर साइकल रोकेर टाउकोमा प्रहार गरी हत्या गरी छोडेर भागेको उनले बताए।
घटना पछि प्रहरीले छोरालाइ गरुडा स्थित बेटर होस्पिटलमा पुर्याएको र त्यहाँ बाट रेफर गर्दा बिरगंज छेउमा रहेको न्युरो अस्पतालमा लैजादा बैशाख २६ गते मृत घोषणा गरेको बताउदै आरोपित भोला सहनीलाइ तत्काल प्रहरीले नियन्त्रणमा लिएर राजनीतिक दवावमा छाडेको बताए।
दुर्घटना नभई प्रेम प्रसंगको बिषयमा पूर्व योजना अनुसार हत्या गरिएकोले जाहेरी दर्ता गरी कर्त्वय ज्यान मुद्दामा कार्यवाही गर्न माग समेत गरे।
काजल सहनी र मेरो छोरा बिनित कुमार कुराकानी गर्ने गरेको र भोला सहनीले बिबाह गर्नु पर्यो भने दवाव दिदै आएको क्रममा घटना हुनु भन्दा पहिला काजल सहनीले छोरालाइ फोन गरेको मोबाइलको कल विवरण बाट देखिरहेको हुदा योजना बद्ध रुपमा हत्या गरेको ठोकुवा पिडित परिवारको रहेको छ।
दोषीलाइ कानुनी कार्यवाही गर्न जाहेरी दरखास्त दिन जादा अहिले ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख मकउ ले सवारी दुर्घटना भएकोले किटानी जाहेरी दर्ता नगर्ने भन्दै आएकोले थप पिडामा परेकोले संचार माध्यमको सहारा लिएको बताए।
जाहेरी दर्ता गर्नको लागि प्रधानमन्त्रीको कार्यालय, प्रदेश प्रहरीको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी कार्यालय, मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा हुलाक मार्फत आग्रह गरे पनि प्रहरीले अहिले सम्म कुनै चासो नदेखाएको गुनासो गरे।
उनले भने नेपालमा पहुच भएकाले न्याय मात्र पाउने र गरिव असहाय, पहुच नभएकाले सहज रुपमा न्याय पाउन नसक्ने दुखेसो पोखे।
मृतकका आमा राधिका देवीले छोराको हत्यामा संलग्न भएका माथि कार्यवाही गरी न्याय दिलाउन सहयोग गर्न सबै सरोकारवाला संग अपिल गरेकी छिन।