अरविन्द कुमार यादव
रौतहट ,१० श्रावण ।राैतहटको माधव नारायण नगरपालिका वडा नम्बर ८ स्थित शुक्रबार राति १२:३० बजेको समयमा छिमेकीको घरमा प्रवेश गरि चेलीबेटीलाई दुरव्वहार गरेको आरोपमा स्थानिय ३५ बर्षिय पसिन्द्र कुसवाहालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पिपरा रजबडामा बुझाई दिएका छन । सो घटनालाई लेनदेनको आधारमा मिलाउन ईलाका प्रहरी कार्यालयमा छलफल भई रहेको छ । घटना सामसुम गर्न पिडकको तर्फबाट पिडित परिवारलाई उपर दवाव तथा ठुलो प्रलोभन दिने काम भई रहेको स्थानियले बताएका छन । यय बिषयमा प्रहरीले घटनामा पिडित यादव थरकी कुमारि महिलासंग सोधपुछ गरे मात्र वास्तविक कुरा बाहिर आउने प्रहरी सहायक निरिक्षक महेस सिहले बताए ।