रौतहटमा रासायनीक मलखाद्य किसानहरुलाई सहज रुपमा वितरण गर्न वाइसिएलद्वारा प्रजिअलाई ज्ञापन

पछिल्लाे समाचार

रौतहट, ११ श्रावण । किसानहरुलाई रासायनीक मलखाद्यको सहज आपूर्तीको माग गर्दै योंग कम्युनिष्ट लिग (वासिएल) ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

वासिएलका जिल्ला अध्यक्ष भुनेश्वर गुरोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटमा गएका वाइसिएलका नेता एवं कार्यकर्ताहरुले समयमा रासायनीक मलखाद्यको आपूर्ती नहुँदा किसानहरको खेत बाँझो रहेको छ । सरकारले आपूर्ती गर्न नसक्दा किसानहरु विचौलियाको माध्यमबाट रासायनीक मलखाद्य किन्न बाध्य भएको हो ।
पहुँचको आधारमा पाउने रासायनीक मलखाद्यमा भईरहेको विभेदका कारण यहाँका किसानहरु पिल्सिदै गएको हुँदा समयमा सहज एवं सरल रुपमा मलखाद्य उपलब्ध गराउनुका लागि प्रजिअ समक्ष ज्ञापन पत्र बुझाएको बताइएको छ । अहिले मलखाद्यको कालोबजारी गर्नेहरु चर्को मूल्य लिएर विक्री वितरण गर्दै आएको कार्यलाई अविलम्ब नियन्त्रण गरेर किसानको समस्या समाधन गर्नुपर्ने माग समेत गरे ।
प्रमख जिल्ला अधिकारी विनोदकुमार खड्काले किसानहरुको समस्यालाई दिएर वाइसिएलले ज्ञापन पत्र बुझाएको स्वीकार गरे ।
spot_imgspot_img
spot_img

लोकप्रिय