गौरमा वर्षौ देखि अलपत्र रहेका स्टेट बोरिङलाई संचालनमा ल्याउन किसानको माग

पछिल्लाे समाचार

अरविन्द कुमार यादव

रौतहट ,११ श्रावण ।रौतहटको सदरमुकाम गौर -५ स्थित बरहवा पुलको पुर्व पट्टी रहेको अलपत्र स्टेट बोरिङलाई पून:संचालन ल्याएपछी कृषि उत्पादन झंझटिलो र खर्चिलो पना दुर हुने किसानको मर्म पिडालाई बुझेर सम्बन्धित निकाय संग जोडदार कृषकहरुले माग गरेका हुन् ।

२०५४ सालमा तत्कालीन गौर इलाका सदस्य हाल राजदेवी नपा लक्षमीपुर बेलविछवा निवासी कृषणन्दन यादवको अनुसार गौर नगरपालिका वडा नम्बर ५ का तत्कालीन वडा दिनेश केशरी र तत्कालीन मेयर गौरीशंकर यादवको कार्यकालमा स्टेट बोर्डिङ योजना सम्पन्न भएको थियो।

कृषी उत्पादन बढाउन तथा झंझटिलो मुक्त उत्पादन गराई किसानलाई सहजरूपमा कृषि पेशागत बनाउन योजना ल्याइएको थियो।पंजाप मोडेल अनुसार कच्चा पाइप लाइन गरेर खेतखेतमा पानी पुर्याउने गरिन्थ्यो ,बाली नाली मनलाग्दो उत्पादनले हर्षित बन्दै गएको थियो तर एक वर्ष पछि समान्य विवादपछि बन्द भएको थियो।

त्यसपछि गौर नगरपालिकाको तत्कालीन मेयर अजय गुप्ताको पालामा किसानको माग यश स्टेट बोरिङलाई अझै पूर्व तिर लग्ने आउदो दिन यहाँ गाउँ घर बन्न लाग्छ तत्काल इलाका सदस्य यादवले बताउदै भने तर यथास्थितिमा स्टेट बोरिङ बन्द कै अवस्थामा हाल सम्म रहेको छ।

संचालन रहुन जेलसम्म ४ कठाको प्लौट सम्म एक बौक्स हुने गरि खेतखेतमा सहजरूपमा पानी पटाउने व्यवस्था गरिएको थियो।स्टेट बोरिङको लागि अलग ट्रान्सर्फमर जडान भएको ट्रान्सर्फमर चोरी पनि भएको थियो पछि ट्रान्सर्फमर जडान भएको थियो हाल पनि यथास्थितिमा नै छ जडान ट्रान्सर्फमरबाट स्टेट बोरिङ मसिन संग तार ।

स्टेट बोरिङबाट सयौं भन्दा बढी किसान लाभान्वित हुने कृषि योग्य खेत रहेकोे छ,बरहवा पुल पूर्व भएर लक्षमी पुर बेलविछवा हुँदै गएको सडक विच हनुमान मन्दिर गौर नपाको अन्तिम सिमा रहेको एक किसानले बताए ,हाल सम्म मालपोत कर तिर्नुपरेको छु।

२८ वर्ष देखि अलपत्र रहेका स्टेट बोरिङलाई संचालनमा ल्याएपछि पानीको संकट बाट मुक्ति हुने यसभेगका किसानहरूको भनाइ रहेका छन् । सुख्खा संकट क्षेत्र मुक्त गराउन केन्द्र प्रदेश र स्थानीय सरकार आ आफ्नो सरकारबाट लाग्ने समय आएको चुनौतीपूर्ण अवस्था छ।

दिउसो गौर नगरपालिका मेयर शम्भु साह संग यश विषयमा कुराकानी गर्न कार्यालयमा सम्पर्क हुन सकेन र वडा नम्बर ५ का अध्यक्ष शिवशंकर यादव संग कार्यालयमा सम्पर्कमा आएन ।

संघिय सरकारको नेतृत्व केपी ओलीले गरुरहेको अवस्था मधेश प्रदेशमा सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेपछी ५ सय बोरिङ जडान गरिने निर्देशन दिएका हुन् ।साथै गृहमन्त्री प्रत्येक सिडिओलाई बोरिङ जडान चाडै गर्नु निर्देशन दिएको समाजिक संजालमा भाइरल बनेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय