अरविन्द कुमार यादव
रौतहट, १४ श्रावण । रौतहटको दुर्गा भगवती गाउँपालिकाको पिपरा बजार स्थित स्थानीय बासिन्दाहरु संग बुधवार विहान प्रदेश सभा सदस्य (साँसद) नागेन्द्र साहले लामो समय देखि खडेरी रहदा सम्मको अवस्था बुझ्दै गरेको देखियो ।
नेपाली काँग्रेसबाट रौतहट निर्वाचन क्षेत्र नम्वर १ (क) प्रदेश सभामा निर्वाचित साँसद साहले एकाविहानै दुर्गा भागवती गाउँपालिका–१ पिपरा बजारमा उपस्थित भई लामो समय देखि जारी रहेको खडेरीबाट स्थानीय बासिन्दाहरु झेल्नु परेका समस्याहरु बुझ्दै गरेको देखिएका छन् ।
यहाँका किसानहरुलाई सिंचाई गर्न साधनहरु वारे चर्चा गर्दै डिप बोरिंग, स्टेट बोरिंग, विद्युतिय मोटर लगायतका विभिन्न साधन श्रोतबाट खेत तयार गरेर धानको रोपाई गर्ने कार्यमा आफूबाट हुने मद्दत गर्ने प्रतिबद्धता जनाए । आउदो बर्षमा सिंचाईको सबै खाले समस्यालाई समाधान गर्ने तर्फ आफू लागि परेको चर्चा गर्दै अहिले अनिकालको समयमा एक आपसमा समन्वय गरेर सिंचाई गर्नुपर्ने सुझाव दिए ।
प्रदेश साँसद साहले दुर्गा भगवती गाउँपालिकामा सिंचाईको पर्याप्त व्यवस्थापन गर्नका निमित्त आफूले निकै मेहनेत गरेर गत आर्थिक बर्षमा रकम विनियोजन गराएर केही स्टेट बोरिंग गराएको बताए । गाउँपालिकाको बोर्डबाट निर्णय गरेर पठाउन भन्दा समेत पालिकाको जनप्रतिनिधिहरु झगडामै व्यस्त रहदा समेत आफू नीति आयोगमा बसेर बजेट हाल्न लगाएको समेत उपस्थित जनता एवं किसानहरुलाई जानकारी गराए ।