राष्ट्रिय पर्यटन परिषदको बैठकमा ७ बुंदे ध्यानाकर्षण पत्र मधेश मन्त्री बसंतद्वारा प्रस्तुत

पछिल्लाे समाचार

अरबिन्द कुमार यादव

रौतहट ,१५ श्रावन।बुधबार आयोजित राष्ट्रिय पर्यटन परिषदको बैठकमा मधेश सरकार पर्यटन विकास मन्त्री एवं जनमत पार्टी उपाध्यक्ष मा.इन्जिनियर  बसंत कुशवाहाले सात बुंदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मधेश प्रदेश नेपालको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले एक विशेष महत्त्वपूर्ण पर्यटकीय क्षेत्र हो। यस प्रदेशको समृद्ध सांस्कृतिक धरोहर, खुला सीमा क्षेत्र, ऐतिहासिक स्थलहरू, जैविक विविधता र धार्मिक पर्यटनले नेपालको बृहत पर्यटन क्षेत्रलाई मजबुत बनाउन ठूलो योगदान पुर्‍याउन सक्छ। तर, यी सम्भावनाहरूलाई पूर्ण रुपमा उपयोग गर्न विभिन्न पर्यटकीय पूर्वाधार र नीति सम्बन्धी चुनौतीहरू देखिएका छन्।

तसर्थ यस सन्दर्भमा, मधेश प्रदेश सरकारले निम्न विषयहरूमा संघीय सरकारको ध्यानाकर्षण गरी आवश्यक सहयोगको लागि अनुरोध मधेश सरकार पर्यटन विकास मन्त्री मा.बसंत कुशवाहाले अनुरोध गरेका हुन् ।

१. जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नति गर्दै भारतका प्रमुख धार्मिक तथा सांस्कृतिक शहरहरू (जस्तैः अयोध्या, वनारस, लखनउ, पटना, दिल्ली आदि) सँग सिधा हवाई सेवा सञ्चालनको लागि पहल गरियोस्। साथै देश भित्रका  भैरहवा, नेपालगञ्ज, विराटनगर र पोखरा जस्ता अन्य प्रदेशका विमानस्थलहरूसँग पनि आन्तरिक हवाई कनेक्टिभिटी सुनिश्चित गरियोस्।

२. मधेश प्रदेश स्थित ८ वटा मुख्य नेपाल-भारत नाकाहरुमा पर्यटक सूचना केन्द्र स्थापना गरियोस् र सो स्थानहरुमा एकीकृत सुरक्षा प्रणाली लागू गरी पर्यटक आवागमनलाई सहज र सुरक्षित बनाइयोस्।हाल पर्यटक प्रवेश स्थानहरुमा प्रहरी प्रशासनद्वारा पर्यटकहरुलाई दुरव्यवहार हुने गरेको अवस्था छ।

३. जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने कार्यमा संघीय सरकारले प्राविधिक तथा कूटनीतिक पहल गरोस्। साथै मधेश साँस्कृतिक परम्परागत वास्तुकला संरक्षणका लागि आवश्यक कार्यक्रम अघि बढाइयोस्।

४. मधेश प्रदेशको पर्यटन विकासका लागि संघीय नीति, कानुन र बजेट व्यवस्थापनमा प्रदेशको पूर्ण सहभागिता सुनिश्चित गरियोस्। संघीय, प्रदेश र स्थानीय तहबीच समन्वयमा आधारित पर्यटन प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरियोस्।

५. सीमावर्ती भारतीय प्रदेशहरू (जस्तै उत्तर प्रदेश र  बिहार) सँग धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न द्विपक्षीय सम्झौता (MoU) गरी संयुक्त कार्यक्रमहरू अघि बढाइयोस्।

६. “Visit Madhesh” नामबाट डिजिटल सहितका प्रचार प्रसार अभियान सञ्चालन गरियोस् जसले राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको आकर्षण बढाउनेछ।

७. ⁠पर्यटकको सुरक्षाको लागि सीमा क्षेत्रका प्रवेश स्थानहरु तथा मधेशका मुख्य पर्यटकीय स्थलहरुमा आवश्यक पर्यटक प्रहरी तथा  IP Based CCTV  प्राणालीको व्यवस्था गरियोस्।

वर्तमान अवस्थामा पर्यटन विकास प्रवर्द्धनकारी योजना मार्फत राज्य विकास निम्ति बुंदागत माग व्यवस्थापिका प्रस्तुत

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय , मधेश प्रदेश

तथा राष्ट्रिय उपाध्यक्ष, जनमत पार्टी मन्त्री माननीय ई. बसन्त कुशवाहाद्वारा गरिएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय